
बाजुरा– नेपाली काँग्रेसको भातृ संघ नेपाल तरुण दलको स्थापना दिवस बाजुरामा पनी मनाईएको छ तरुण दलको ६८ औं स्थापना दिवशको अवशरमा जिल्ला कारागार बाजुरामा रहेका कैदिबन्दिलाई एक सेट टिभि भलिबल लगायतका खेलकुद सामाग्री सहयोग गरीएको नेपाल तरुण दल बाजुराका कार्यवाहक अध्यक्ष हिरेन्द्र रोकायाले बताए ।
उक्त सामाग्री हस्तान्तरण गर्दै नेपाली काँग्रेस बाजुराका उप–सभापति तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले कारागारमा बस्दा आफुले केहि गल्ती सुधार्ने सुधार गृहका रुपमा लिन कैदिबन्दीलाई अनुरोध गर्नुभयो । साथै नेपाली काँग्रेस देखि काँग्रेसका सबै भातृ संघहरु राम्रो कुरामा सहयोग गर्न तयार रहेको समेत उल्लेख गर्नुभयो ।
आफुलाई टिभि र खेलकुद सामाग्रीको अभाव भएको समयमा नेपाल तरुण दल बाजुराले सहयोग गरेकोमा कैदिबन्दीले धन्यवाद दिएका छन् ।
नेपाल तरुण दल बाजुराका कार्यवाहक अध्यक्ष हिरेन्द्र रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस बाजुराका उप–सभापति तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहनुभएको थियो । त्यस्तै नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य देबबहादुर रोकाया, गणेश थापा नेपाली काँग्रेस बडिमालिका नगर कार्य समितिका सभापति गोपाल कार्की नेपाली काँग्रेस गौमुल गाउँ कार्यसमितिका सभापति राजबहादुर धामी, सचिव अर्जुन बोहरा, नेपाली काँग्रेस बाजुराका कार्यालय सचिव टेकबहादुर रोकायाको सहभागीता रहेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर