• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूर पहाडमा उपचार पाउनै मुस्किल

खप्तड मालिका न्युज October 25, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी, यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा उपचार सेवा प्रभावित हुन थालेको छ। बाजुरा, बझाङ, डोटी र दार्चुला जिल्ला जोड्ने मुख्य राजमार्गसहित ग्रामीण सडक पूर्ण रुपमा सुचारु नहुँदा बिरामीको उपचारमा समस्या हुन थालेको हो।
सडक मार्ग अवरुद्ध भएका जिल्लामा बिरामीलाई अस्पताल ल्याउन तथा उपचार गर्न नसक्ने बिरामीलाई रेफर गर्दा समस्या हुन थालेको हो। बैतडीमा मुख्य राजमार्ग सुचारु भए पनि ग्रामीण सडक सुचारु नहुन्दा उपचार तथा खोप वितरणमा समस्या भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले दिनेशखबरलाई बताए। ’बैतडीमा मुख्य राजमार्ग सुचारु भए पनि ग्रामीण सडक अवरुद्ध नै छन्,’ उनले भने, ‘पुर्चौडी, शिवनाथ र पञ्चेश्वरमा नियमित खोप लैजान पनि समस्या भएको छ।’
अछाम जिल्लामा भने एम्बुलेन्सको अभावले बिरामी रेफर गर्न समस्या भएको छ। सुर्खेत हुँदै बिरामी रेफर गर्नु परे पनि जिल्ला अस्पतालसम्म बिरामीलाई आउन समस्या भएको अछाम जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनाली बास्कोटाले बताइन्। ’यता एम्बुलेन्स नभएर समस्या भएको छ,’ उनले भनिन्, ‘बिरामी रेफर गर्नु परे सुर्खेतको बाटो प्रयोग भइरहेको छ।
डोटीमा मुख्य राजमार्ग अवरुद्ध हुँदा जिल्लामा बिरामीको उपचारमा समस्या भएको छ। जिल्ला अस्पतालमा उपचार सम्भव नभएमा अछामको बयलपाटा रेफर गर्ने गरेको डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण जोशीले बताए। ’हामीले रेफर गर्नुपर्ने बिरामी बयलपाटा अस्पताल पठाइरहेका छौँ,’ उनले भने, ’सडक अवरुद्ध हुँदा ग्रामीण भेगबाट त बिरामी आउन निकै समस्या भएको छ।’
बझाङ जिल्ला अस्पतालमा भने सडकसँगै विद्युत सेवा अवरुद्ध हुँदा उपचार सेवा प्रभावित भएको छ। जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा डिजेलको आपूर्ति पनि गर्न नसकिएको र केही दिनपछि अस्पतालको समग्र उपचार सेवा प्रभावित हुने चिन्ता मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सन्दीप ओखेडाको छ। ’हाम्रो अस्ततालमा बिजुली नहुँदा बिरामीको उपचारमा समस्या भइरहेको छ,’ उनले भने, ’जेनेरेटर चलाइ रहेका छौँ। तर डिजेल नपाए केही दिनपछि उपचार गर्न निकै मुस्किल हुने डर छ।’

बाजुरा जिल्लामा पनि अत्यावश्य औषधिको अभाव भएको जनाइएको छ। पहाडी जिल्ला जोड्ने राजमार्ग तथा ग्रामीण सडक एकदुई दिनभित्र सञ्चालन गर्न नसके सात पहाडी जिल्लामा औषाधिसँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको चरम अभाव हुने चिन्ता गरिएको छ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑