बाजुरा :- लगातारको बर्षाका कारण गाउँको माथिबाट आएको बर्षातका कारण जगन्नाथ गाउपालिका ६ पाल्तेबाडीका १२ परिवार बिस्तापीत भएका छन् भने २ परिवारका घर भत्केका छन् ।
घर भत्किनेमा स्थानिय गोरे सार्की र चक्र सार्कीका घर रहेका छन् । चक्र सार्कीका २ ओटा गोरु पनि पुरिएका स्थानिय रामलाल बिष्टले बताएका छ ।
पहिरोबाट बिस्तापीत १२ परिवार खिरारुख आधारभुत बिद्यालयमा आश्रय लिएर बसेका बिष्टले बताए । कार्तिक १ गतेबाट आएको पनिले २ गते राति गाउँको माथिबाट पहिरो आएपछि पाल्तेबाडी बस्ति नै उच्च जोखिममा परेकोले जनप्रतिनिधि र अन्य स्थानियले उद्धार गरेर बिद्यालयमा सारिएको उनले बताए ।
बाढीले जगन्नाथ गाउपालिकाको कार्यालय नै बगाएको छ र अन्य ठाउँमा पनि क्षेति भएको खबर आएको छ । धेरै गाउहरुमा टेलिफोन समेत लागिरहेको छैन । बिस्तापीत परिपवारलाई कसरी ब्यबस्थापन गर्ने भन्नै गाउपालिकामा छलफल गरेर पहिरोबाट बिस्तापीत परिवारलाई राहत देखी ब्यबस्थापनमा गाउँपालिकाको ध्यान केन्द्रित भएको जगन्नाथ गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर