• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

सुदूरपश्चिममा बाढीपहिरो बाट मृत्यु हुनेको संख्या २८ पुग्यो

खप्तड मालिका न्युज October 20, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी:– सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ। सबैभन्दा बढी डोटीमा १४, बझाङमा सात, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ। डोटीको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक/एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

सायल गाउँपालिका–६ का १४ बर्षीय सागर कुन्जेडा, ११ बर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ। यस्तै सोही गाउँपालिका–१ का ७४ बर्षीष वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ। सायल गाउँपालिका–५ का ५८ बर्षीय लहरे लुहार, ५८ बर्षीय हिरुवा लुहार र ७५ बर्षीय देव डुम्रेलको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।

जोरायल गाउँपालिका–३ का ७३ बर्षीय जोगी सार्की, ६१ बर्षीया झुपरी सार्की, सोही गाउँपालिका–४ का शेरवहादुर बिक, मोहन बिक, पवित्रा बिक र सोही गाउँपालिका–१ का सचिन बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। शिखर नगरपालिका–११ की ३५ बर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। यस्तै बोगटान फुड्सिल गाउँपालिका–५ का चन्द्रा नेपालीको मृत्यु भएको छ।

उता बझाङमा बाढीपहिरोले ७ जनाको मृत्यु भएको छ। पहिरोमा च्यापिएर खप्तडछान्ना गाउँपालिकामा पाँच जना र थलराका दुई जनाको मृत्यु भएको हो। खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँका धर्मराज रोकाया, उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी, उनकी श्रीमती चन्द्रा गिरी र खप्तड छान्ना गाउँपालिका ५ का धनराज जोशीको पहिरोमा पुरिएर मृत्यु भएको खप्तडछान्ना गाउँपालिकाका बिरेन्द्रबहादुर सिंहले बताए। पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव स्काइभेटर लगाएर निकालिएको थियो। यस्तै अविरल व्र्षासँगै आएको पहिरोले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जनामध्ये दुई जनाको शव प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर मृतकको सनाखत भने हुन सकेको छैन।

गाउँपालिकाको वडा नम्बर ४ डिक्लामा बेपत्ता भएका २३ जनाको खोजीका लागि उद्धार टोली नेपाली सेनाको हेलिकप्टरमार्फत डिख्ला पुगेको छ। पहिरोले तल्लो डिक्ला र माथिल्लो डिक्लाका एक सय ४८ परिवार विस्थापित भएका छन् भने ७ घर पुरिएका छन्। विस्थापित ७ सय जना विद्यालयमा बसिरहेका छन्। नेपाली सेनाको हेलिकोप्टरमाफर्त पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारिले बताए।

उता बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको छ। शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन्। बैतडीकै सुर्नया गाउँपालिका ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ।

यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ। यता कर्णाली नदीको बाढीका कारण कैलालीको टीकापुरमा एक जनाको ज्यान गएको छ। टीकापुर नगरपालिका ८ कालिमाटीका करवीरे ढोलीको ज्यान गएको हो। सुदूरपश्चिममा अझै २५ जना बेपत्ता छन्।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑