बाजुरा: लगातार बर्षा सँगै जुड्डीखोलामा आएको बाढीले जगन्नाथ गाउँपालिकाको कार्यलय बगाएको छ । निरन्तर बर्षाले खोलामा बाढी बढ्नुका साथै कटान गरेपछि गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएको गाउँपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् ।
कार्तिक २ गते दिउसो अविरल बर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बिचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो ।
बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका ७ कोठा क्षतबिक्षेत बनाएको रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् । त्यस्तै पाँच शैंयाको अस्थायी कोरोना अस्पताल गाउँपालिकाको सभा हल पनि बगाएको छ ।
कार्यालयमा फर्निचर, श्रेष्ता, औषधि, उपकरण, कम्पुटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, कार्पेट, लुगाकपडा, गाउपालिकाको खेल मैदान, जुड्डीखोला लघु जलविधुत योजनाको तार पोल र महान खोलाले बगाएर क्षतबिच्छेत गरेको छ । गाउँपालिका कर्णाली र जुड्डीखोलाको उच्च जोखिममा बनेको छ ।
गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएपछि गाउँपालिकामा हुने काम सम्पुणर् प्रभाबित भएको प्रमुख प्रशासकिय अधिकृत कुम्भराज जोशी वताएका छन् । प्रहरिका अनुसार क्षतिको बिवरण आउन बाँकि रहेको वताएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर