• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 10, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

हरेक पुरुष यस्तै युवतीको खोजीमा हुन्छन्

खप्तड मालिका न्युज October 18, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं ।- विवाह एउटा संयोग हो । विवाह अघि जे जस्तो भएपनि विवाहपछि श्रीमान् र श्रीमतीबीच उचित तालमेल हुनु आवश्यक छ । त्यसैले त नेपाली समाजमा भन्ने गरिएको छ, श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पाङ्ग्रा हुन् ।

परिवाररुपी रथ हाँक्नका लागि दुबै पाङ्ग्राको जरुरी र महत्व हुन्छ । एउटा पाङ्ग्रा नभई रथ गुड्दैन । विवाहलाई बन्धन पनि भनिन्छ । त्यो बन्धन मायाको हो र जिम्मेवारीको पनि । विवाहलाई सम्झौता पनि भनिन्छ । अलग पृष्टभूमीमा हुर्किएका युवा र युवती जब दम्पती बन्छन्, उनीहरुले आफ्ना कतिपय कुरामा सम्झौता गर्नुपर्छ । आफ्ना कति रहर, इच्छा, आनीबानी, प्रवृत्ति, व्यवहार त्याग्नुपर्छ ।

यदि त्यसो भएन भने दाम्पत्य जीवनमा सुख प्राप्त हुँदैन । कलह मात्र हुन्छ । दाम्पत्य कलहले दुई जनाको जीवन मात्र होइन, एउटा सिंगो परिवार नै तहस–नहस बनाइदिन्छ । त्यसैले विवाह एक यस्तो मोड हो, जहाँबाट मान्छेको अर्को जीवन सुरु हुन्छ । विवाह जीवनको अर्को अध्याय हो ।

विवाह गर्ने निर्णय सामान्य होइन । विवाह कुनै सामान्य रहर र खेल पनि होइन । विवाहले दुर भविष्य र पुस्तौ पुस्ताको मार्गरेखा कोर्ने भएकाले यसलाई निकै गंभिरतापूर्वक लिइन्छ । अतः विवाहको यो संवेदनशिलता बुझेकाहरुले विवाह गर्नुअघि आफ्नो पार्टनरमा केही गुण खोज्ने गर्छन् । यस्तो गुण पुरुषले महिलामा खोज्छन्, महिलाले पुरुषमा पनि । यहाँ चाहि विवाहको तयारीमा रहेका पुरुषले महिलामा कस्तो गुण खोज्छन् भन्ने चर्चा गरिएको छ ।

कस्ती युवती खोज्छन् पुरुषहरु रु धनवान, रुपवान, गुणवान, क्षमतावान । अर्थात सबै कुराले भरिपूर्ण मान्छे दुर्लभ हुन्छन् । मान्छेमा केही न केही कमजोरी हुन्छ । केही न केही कुराको अभाव हुन्छ । हरेक पुरुषलाई यो सत्यको वोध छ ।

उनीहरु आफुले खोजेको वा रोजेको युवती सबै गुणहरुले भरिपूर्ण हुन्छ भनेर अपेक्षा पनि गर्दैन । यद्यपी दाम्पत्य जीवनलाई सुख र सरल बनाउनका लागि जीवनसंगीमा केही गुण हुनुपर्छ भन्ने चाहि आवश्यै सोच्ने गर्छन् । बुद्धिमान पुरुषले रुप र धनलाई पहिलो प्राथमिकतामा राख्दैनन् । यी स्थायी कुरा होइनन् । रुप र धनले दाम्पत्य सुख प्राप्त हुन्छ भन्ने ग्यारेन्टी पनि छैन । त्यसैले हुनेवाला श्रीमतीमा मूख्यत के कस्ता गुण छ रु उनको स्वभाव कस्तो छ रु आनीबानी कस्तो छ रु सीप एवं दक्षता के छ रु सोंच कस्तो छ रु यीनै कुराहरु बढी खोजी गरिन्छ ।

कोही पनि सबै गुणले परिपूर्ण हुँदैनन् । मान्छेमा राम्रो गुण हुन्छ, नराम्रो पनि । यद्यपी आफ्नो नराम्रो गुणलाई हटाएर वा दबाएर राम्रो गुणको विकास गर्न खोजिन्छ । मिठो बोलीवचन, कुशल व्यवहार, परिपक्क सोंच, सकारात्मक चिन्तन यी राम्रा गुण हुन् । यी सबै गुणभएका युवतीलाई आफ्नो जीवनसाथी बनाउँदा दाम्पत्य जीवन सुखमय हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

शालिनता नारीको अर्को विशेष गुण हो । शालिन, भद्र, सहनशिल, दयालु, व्यवहारिक युवती नै जीवनसाथीको रुपमा अपनाउँदा परिवार सुख मिल्छ । यस्तै विवाह गरिसकेपछि आफ्ना कतिपय रुची र इच्छा त्याग्नुपर्ने हुन्छ । अरुको कुरा, विचार, स्वभावलाई स्विकार गर्नुपर्ने हुन्छ । अर्काको परिवार आफ्नो माया मिसाउनुपर्छ, सम्मान र शिष्टचार पालना गर्नुपर्छ । यी कुरा बुझेका युवतीहरुले परिवारमा कलह ल्याउँदैन । विवाहपछि आफ्नो परिवारको हित सोच्ने, घर परिवारको मर्यादा ख्याल गर्ने, श्रीमानको उदेश्यमा साथ दिने युवतीले दाम्पत्य जीवनलाई सुखमय तुल्याउँछन् ।

सबैजना शिक्षित हुन्छन् भन्ने छैन । शिक्षितहरु जान्ने, बुझ्ने हुन्छन् भन्ने पनि छैन । यद्यपी बुझ्न सक्ने वा समझरदा हुनुपर्छ । नयाँ कुरा जान्न उत्सुक हुनुपर्छ । आफुमा केही सीप, दक्षता छ भने त्यसले परिवारलाई अरु बढी सहज बनाउँछ । अतः आफुमा कुनै सीप, दक्षता, विज्ञता भएका युवतीले परिवारलाई सुख दिलाउँछ ।

सम्बन्धित पोस्ट
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय
  • वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित
  • १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    समाचार

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

    रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑