• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

राष्ट्रपति र प्रधानमन्त्रीको ‘दर्शन’ नै यति महँगो ?

खप्तड मालिका न्युज October 18, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, नेपालगन्ज — काठमाडौंको माइतीघरस्थित सडकको भित्तामा टाँगिएको एउटा ब्यानर बोल्छ– ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार १’ ब्यानरको एकापट्टि पिठ्युँभरि नीलडाम देखिने नन्कुन्नी धोबीको तस्बिर छ । छेउमा लेखिएको छ, ‘घरेलु हिंसापीडित नन्कुन्नी धोबी र विधवा निर्मला कुर्मी हत्याका दोषीलाई पक्राउ गरी कारबाही गरियोस् ।’

No description available.

भुइँमा बसेका छन्– बाँकेका महिला अधिकारकर्मी र मृतकका आफन्त । कोही सुतिरहेका, कोही बसेरै निदाइरहेका । सबै थकित । नेपालगन्जदेखि पैदलै आउँदा खुट्टामा उठेका पानीफोका फुटेर चहर्‍याइरहेका घाउको पीडा उनीहरूको अनुहारमा झल्किरहेको छ । १३ महिलासहित १७ जनाको टोली बिहान ११ नबज्दै ब्यानर टाँगेर धर्ना बस्छन् । बेलुका ५ बजेपछि ब्यानर पोको पारेर आश्रय खोज्दै दगुर्छन् ।

माइतीघरमा ११ दिनदेखि बसेका उनीहरूको पछिल्लो संघर्ष ५० दिन देखिको हो । एकातिर प्रहरीको धरपकड, अर्कोतिर आन्दोलनबाट फिर्ता हुन पीडकहरूकोधाकधम्की । लामो संघर्षले सबैको शरीर गलिसकेको छ तर महिला हिंसाका कारण ज्यान गुमाएका र बेपत्ता पारिएका धोबी र कुर्मीको न्यायका निम्ति खबरदारी गर्दै उठेको उनीहरूको आवाज अझै जोडदार छ ।

सरकारको मौनता तोड्न उनीहरूले नेपालगन्जमै जिल्ला प्रहरी कार्यालयअगाडि १९ दिनसम्म धर्ना दिए । जिल्ला प्रशासनले नसुनेपछि बुटवलमा मुख्यमन्त्रीलाई भेटेर हारगुहार गरे । तर न्याय पाउने विश्वास नभएपछि हिँडेर उनीहरू काठमाडौं आइपुगेका हुन् ।

२० दिन पैदल यात्रापछि काठमाडौं आउँदै गर्दा उनीहरूले भनेका थिए, ‘गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर हाम्रो आवाज सुनाउँछौं ।’ तर, बालुवाटार र शीतल निवासले अहिलेसम्म चासो दिएको छैन । २४ असोजमा उनीहरूलाई गृहमन्त्री बालकृष्ण खाँणले बोलाएर आन्दोलन स्थगित गरे छानबिन गर्ने सर्त राखेका थिए । यसका लागि उनीहरूले मन्त्रीबाट लिखित प्रतिबद्धता मागेका थिए । तर गृहमन्त्रीले न लिखित प्रतिबद्धता जनाए न छानबिन समिति नै बनाए । बरु प्रहरीले उनीहरूको आवाजलाई दबाउन धरपकड गर्ने, हिरासतमा लिने र झूटो मुद्दा चलाउनेसम्मको कोसिस गरिसकेको छ ।

२२ असोजमा माइतीघरमा आएका उनीहरूलाई त्यही दिन प्रहरीले उठाएर एक रात हिरासतमा राख्यो । आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खानलाई त नेपालगन्ज नै पुर्‍यायो । झूटो मुद्दा लगाउन उद्यत प्रहरीले सर्वोच्चको आदेशपछि छैटौं दिन बिहीबार हिरासतमुक्त गरेको हो । ९ दिनअघि हिरासतबाटै भोक हडताल थालेकी रुबीको स्वास्थ्य बिग्रिएपछि शनिबारै त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ । ‘रुबी दिदी अस्पतालमा पनि अनशन बस्नुभएको छ, हामीले माइतीघरबाट धर्ना दिइरहेका छौं,’ महिला अधिकार मञ्च बाँकेकी सदस्य सकिना तेलीले भनिन्, ‘हामीले गृहमन्त्रीलाई भेटेर माग राख्यौं, सुनुवाइ भएन । तर हामी थाकेका छैनौं । जबसम्म हाम्रो माग पूरा हुँदैन तबसम्म निरन्तर धर्ना दिइरहन्छौं ।’

उनले दोषीहरू खुलेआम हिँड्ने र तिनलाई कारबाहीको माग गर्दा धरपकड गर्ने र झूटो मुद्दा लगाउने प्रयास भएको गुनासो गरिन् । ‘दोषीहरू खुलेआम हिँडिरहेका छन्, सरकार उनीहरूलाई कारबाही गर्दैन, बरु उल्टै हामीलाई यहाँबाट हटाउन लागिपरेको छ तर न्याय पाउने सुनिश्चित नभएसम्म हामी आन्दोलन रोक्दैनौं,’ उनले भनिन् ।

शनिबार अस्पताल भर्ना हुनुअघि रुबीले बाँके प्रहरीका एसपी मधुसुदन न्यौपाने र डीएसपी श्यामकृष्ण अधिकारीले नै अभियुक्तहरूलाई संरक्षण दिएर राखेको, न्यायका लागि संघर्ष गर्दा महिला अधिकारकर्मी र मृतकका परिवारलाई अभद्र व्यवहार गरेको भन्दै उनीहरूलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन् । ‘बाँके प्रहरीका एसपी र डीएसपीले नै अभियुक्तहरूलाई संरक्षण गरेर राख्नुभएको छ, पीडितलाई न्याय दिलाइयोस् भन्ने माग गर्दा महिला अधिकारकर्मी र मृतकका आफन्तलाई नै अभद्र व्यवहार भएको छ,’ उनले भनेकी छन्, ‘त्यसैले दोषीको संरक्षण गर्ने प्रहरीले पीडितलाई न्याय दिन सक्दैन । सबैभन्दा पहिले त डीएसपी श्यामकृष्ण अधिकारी र एसपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाही गरियोस् भनेर म सरकारसँग माग गर्दछु ।’

उनले बाँकेमा प्रहरीले दोषीलाई पक्राउ गरी अदालत पुर्‍याएको भनेर प्रचार गरे पनि त्यस्तो कुनै काम नभएको बताइन् । ‘प्रहरीले अदालतसम्म मुद्दा पुर्‍यायौं भनेर सन्देश प्रवाह गरिरहेको छ, वास्तवमा त्यस्तो भइरहेको छैन । नन्कुन्नी धोबीको हत्यामा संलग्न दुई जनालाई समातिएको हो, निर्मला कुर्मीको केसमा कसैलाई पनि प्रहरीले समातेको छैन,’ उनले भनिन्, ‘हामीमाथि अनावश्यक दबाब, धम्की र धरपकड गर्ने काम भइरहेको छ । अब त हामी संघर्षमा उत्रिएकाहरू नै असुरक्षित छौं । हाम्रो सुरक्षाको ग्यारेन्टी गरियोस् ।’

श्रीमान्बाट निरन्तर घरेलु हिंसा खेप्दै आएकी नन्कुन्नी धोबी गत ५ साउनमा आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । तर, उनको हत्या भएको माइती पक्षको आरोप छ । प्रहरीले भने धोबीको पोस्टमार्टम रिपोर्टले आत्महत्या गरेको देखाएको भन्दै ‘फाइल क्लोज’ गर्न चाहेको थियो । आन्दोलन सुरु भएपछि प्रहरीले धोबीका पति र उनका जेठाजुलाई पक्राउ गरेको छ ।

निर्मला कुर्मी भने गत वर्षको मंसिरदेखि बेपत्ता छिन् । दुई छोरीकी आमा उनलाई किन र कसले बेपत्ता पार्‍यो रु अहिलेसम्म प्रहरीसँग जवाफ छैन । कुर्मीका आफन्तले गत मंसिर १६ मै किटानी जाहेरी दिए पनि प्रहरीले गरेको अनुसन्धानप्रति उनीहरू सन्तुष्ट छैनन् । रुबीले आन्दोलनरत महिलाका घरमा आन्दोलनबाट फिर्ता हुन भन्दै धम्की दिने, झूटो मुद्दा लगाउँछु भनेर डर देखाउने जस्ता गतिविधि भइरहेको सुनाइन् । ‘हामी यहाँ जो साथीहरू छौं, हाम्रो घरमा मान्छे पठाएर धम्की दिने, डर देखाउने काम भइरहेको छ । त्यहाँ आन्दोलनमा किन बसेको रु घर आऊ भनेर दबाब दिने काम भइरहेको छ । आउँछौ भने आऊ, नत्र के गर्नुपर्छ हामीलाई थाहा छ भनेरसमेत धम्क्याइरहेका छन्,’ उनले भनिन्, ‘हामी सबै आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गरियोस् । हामीमाथि कुनै पनि झूटो मुद्दा लगाउन पाइँदैन ।’

रुबीले यो आन्दोलन दुई महिलाको हत्याको विषय मात्रै नभएर समग्र महिला हिंसा र हत्याका घटनासँग जोडिएको बताइन् । उनले आफूमाथि प्रहरीले ज्यादती गरेको गुनासो गरेकी छन् । ‘जुन दिन प्रहरीले हामीलाई उपचारका लागि भनेर अस्पताल पुर्‍यायो, त्यहाँ हाम्रो उपचार भएन । बरु पुरुष प्रहरीले हामीमाथि धरपकड गरे । धरपकड गर्दा प्रहरीले मेरो झोलामा रहेका महत्त्वपूर्ण कागजात र ल्यापटप गायब गरिदिएको छ । त्यसपछि मलाई रातारात नेपालगन्ज पुर्‍याएर झूटो मुद्दामा फसाउने कोसिससमेत गरिएको छ,’ उनले भनिन् ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑