• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

दसैँ नजिकिएसँगै सुदूरपश्चिममा मासुको माग २५ प्रतिशतले बढ्यो

खप्तड मालिका न्युज October 10, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशभित्र वार्षिक ३ अर्ब रुपैयाँ बराबरको मासुको कारोबार हुने अनुमान गरिएको छ। यस वर्षको दसैँ सुरुभएता भने २५ प्रतिशतले मासुको मागमा वृद्धि भएको छ। हिन्दुहरुको महान चाड वडा दसैँको पहिलो दिन घटस्थापनादेखि नै मासुको माग बढ्न थालेको व्यवसायीहरुले बताएका छन्। धनगढीका माछामासु पसलदेखि सेकुवा सेन्टरसम्म मासु पारखीको भीड नै लागेको देख्न सकिन्छ। अझ सेकुवा पारखीको संख्या त उल्लेख्य रुपमा बढेको छ। खसीबोकाको माग यतिबेला अत्यधिक रुपमा बढेको गुरुङ सेकुवा सेन्टर धनगढीका सञ्चालक खड्कसिंह भण्डारीले बताए। ‘पहिले एउटा खसी खपत हुन्थ्यो भने अहिले ६ वटा भन्दा बढी खसी खपत भइरहेको छ,’ उनले भने, ‘खसीबोकाको माग बढेको भएपनि सहज रुपमा पाउन समस्या भइरहेको छ।’

सुदूरपश्चिम प्रदेशभित्र उपभोक्ता मूल्यका आधारमा मासिक २५ करोड रुपैयाँको मासु खपत हुँदै आएको छ। आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौं रुपैयाँ खर्चिंदै आएको तथ्यांक छ। प्रदेशका पहाडी जिल्ला बझाङ, दार्चुला र बाजुराबाट मात्र १३ हजार खसीबोका काठमाडौँ निर्यात गरिएको छ।

दसैँका अवसरमा बलि दिन र मासु खाने चलन बढ्दै गएकाले सामान्य दिनबाहेक २५ प्रतिशत भन्दा बढी मासु खपत हुने गरेको छ। कार्की होटल डोकेबजारका सञ्चालक बलबहादुर कार्की मासुको माग हरेक वर्ष बढ्दो क्रममा रहेको बताउँछन्। ‘पहाडी जिल्लाबाट तराई झर्ने जोकोही पनि मेरो होटलमा आएर मासु नखाई फर्कदैन, दसैँ नजिकिएसँगै झन मासु खानेको संख्या उच्च देखिन्छ’ उनले भने। आफ्नो होटलमा खपत हुने खसी सबै कञ्चनपुरको उत्पादन भएको कार्कीको भनाई छ।

विदेशी र स्वदेशी गरी प्रतिव्यक्ति सुदूरपश्चिममा १० किलो मासु खपत हुने गरेको छ। दसैँमा त झन दोब्बरले मासु खपत हुने गरेको छ। खसीबोका मात्र नभएर भेडा च्याङ्ग्रा खपत पनि वर्षेनि बढ्दै गएको छ।

अघिल्लो वर्ष मात्र बझाङ, दार्चुला र बाजुराबाट गरी ४५ ट्रक भेडा र च्याङ्ग्रा काठमाडौं, पोखरा लगायतका सहरमा निर्यात गरिएको थियो। यस वर्ष मासुको माग अझ बढी देखिएकाले आन्तरिक खपतसँगै मासुका लागि भेडा, च्याङ्ग्रा र खसीबोका समेत निर्यात भइरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटीका सूचना अधिकारी पुष्करराज नाथले बताए।। ‘सुदूरपश्चिममा वार्षिक प्रतिव्यक्ति मासुको उपभोग १० किलो मात्र छ, मासु उपभोगको हिसाबले यो निकै कम हो’ उनले भने।

विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि प्रतिव्यक्ति वार्षिक १६ किलो मासु आवश्यक हुन्छ। नेपालको राष्ट्रिय मासु उपभोग दर प्रतिव्यक्ति वार्षिक १४ किलो छ भने सुदूरपश्चिमको १० किलो मात्र देखिएकाले मासुको उपभोग बढाउनुपर्ने सूचना अधिकारी नाथले बताए। मासुका लागि आन्तरिक उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ।

परम्परागत बाख्रापालन पेशालाई व्यावसायिक रुपमा उत्पादन गर्न सकेमा मात्र किसानको आय–आर्जनमा योगदान पुग्ने निर्देशनालयले जनाएको छ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑