• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिमको मुख्यमन्त्री फेर्न माग गर्दै काँग्रेस नेताहरु बालुवाटारमा

खप्तड मालिका न्युज October 9, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगडी :- नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँग्रेस नेताहरु असन्तुष्ट देखिएका छन् । अब काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका काँग्रेस नेताहरु शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ आएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार आइपुगेको हो । प्रदेश १ वा बागमतीमा काँग्रेसले आफ्नो दाबी छाडेपछि अब सुदूरपश्चिममा काँग्रेसले मुख्यमन्त्री पाउनुपर्ने रावलले प्रधानमन्त्री देउवासँग माग गरेका छन् । यसअघि प्रदेश १ र वागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच मुख्यमन्त्रीहरू भागवण्डा गर्ने अघोषित समझदारी भएको थियो । तर, मन्त्रिपरिषद विस्तारका क्रममा आफूहरुले कम मन्त्रालय पाएको माधवकुमार नेपालले गुनासो गरेपछि दुबै प्रदेशमा माधव नेपालको पार्टीलाई मुख्यमन्त्री छाड्न प्रधानमन्त्री देउवा तयार भएका छन् ।

हाल सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनलाई एकीकृत समाजवादीको समर्थन छ । यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली काँग्रेसले मतदान नगरी तटस्थ बसेको थियो । हाल ५२ सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन् ।

प्रतिपक्षी एमालेसँग १० सांसद छन् भने साना दलका २ सांसद छन् । यसअघि विश्वासको मत लिँदा मुख्यमन्त्री भट्टले ३० मत पाएका थिए । तर, काँग्रेसले उनलाई मत नदिई तटस्थ बसेको थियो । गठबन्धन सरकारको ठूलो दल काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने माओवादीले सुदुरपश्चिम, कर्णाली र लुम्बिनीसमेत गरी तीनवटा प्रदेशमा मुख्यमन्त्री पाएको छ ।

वागमती र प्रदेश १ मा एमालेका मुख्यमन्त्रीहरूले कात्तिक पहिलो साताभित्रै विश्वासको मत लिनुपर्ने बाध्यता छ । पार्टी विभाजनपछि गण्डकी र लुम्बिनीमा सरकारबाट हटेको एमालेले अब बागमती र प्रदेश १ बाट पनि बहुमत गुमाउँदैछ ।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑