बाजुरा १९ असोज:- दशैँतिहार नजिकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनिले सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल बिक्री गर्न थालेको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट मार्तडी र कोल्टी डिपोबाट सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल विक्री गर्न थालेको हो ।
दशैं तिहारलाई लक्षित गर्दै कम्पनिले सर्वसाधारण उपभोक्तालाई प्रति केजि ४० का दरले मंगलबारबाट चामल विक्री वितरण गर्न लागेको शाखा प्रमुख मेघराज ओझाले बताएका छन् । सामान्यतया अरू समयमा कम्पनिले यस चामललाई १३ सय ५० मा बिक्री गर्दै आएको थियो ।
सदरमुकाम मार्तडी र कोल्टीमा रहेको खाद्यन्न गोदामबाट अरुवा मोटा चामल बजारको मुल्य भन्दा सस्तो दरमा बिक्री गर्न थालेको शाखा प्रमुख ओझाले खप्तड मालिका न्युजलाई बताएका छन् ।
निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको कम्पनिले दशैँतिहारलाई लक्षित गरी यहि असोज १९ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । दशै तिहारलाई लक्षित गरी खाद्यन्न व्यापार कम्पनिले सहलियत दरमा चामल विक्री गर्न थालेपछि सर्वसाधारण उपभोक्ता खुसी भएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर