• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 10, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नाबालक नवराजको परिवारलाई आर्थिक र खाद्यन्न सहयोग

खप्तड मालिका न्युज September 27, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सर्मिला रोकाया / बाजुरा :- बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एक पिपलडालीका छाक टार्न समस्यामा रहेको नाबालक नवराज लवारका परिवारलाई राहत सहयोग गरिएको छ । भारतको खारघरमा रहेका नेपालीहरुको आर्थिक सहयोग तथा पत्रकार सर्मिला रोकायाको समन्वयमा लवारको परिवारलाई राहत सहयोग गरिएको हो । गत भदौं ४ गते बुवा खले लवार गुमाएका नाबालक नवराजको परिवारमा आमा सिता लवार, अंकल अम्मरे लवार, दिदी अमनी लवार सहितको पाँच जनाको परिवार रहेको छ ।
वुवा खले ल्वारको मृत्यु पश्चात अहिले घर परीवार विचल्लीमा परेको नमराजले बताउनुभएको छ । आर्थिक अवस्थाले नाजुक हलिया समुदायका ल्वारको परीवारलाई आर्थिक अभावका कारण विहान वेलुका छाक टार्न समस्या भएको स्थानियले बताएका छन । घरमा कमाई र कुनै रोजगारीको अवसर नहुदा परीवारलाई दैनिकी चलाउन समस्या भएको जनाईएको छ । आमा सिता, अकल अम्मरे अपाङग रहनु भएको छ नवराज ७ वर्षका छन भने उनकि दिदी १३ वर्षिकि छन ।
अरुको काम गरेर दैनिकि चलाउदै आएका लवार परीवारको अवस्था अहिले दयनिय वनेको छ । खले ल्वारको मृत्यु पश्चात परीवारलाई छाक टार्न समस्या भएको रेडियो बुढीनन्दामा समचार सम्प्रेषण भए पश्चात ल्वार परीवारलाई राहात जुटेको पत्रकार रोकायाले बताउनुभएको छ । कामको शिलशिलामा भारत लगायतका मुलुकमा रहेका नेपालीहरुद्धारा संकलित सहयोग रकम र संकलन भएको खाद्यान्न ल्वार परीवारलाई वितरण गरेको उहाँले बताउनुभयो । उहाँले ९ हजार रुपैंया, ८० केजी चामल, तीन केजी दाल, पाँच केजी नुन, तीन पोका तेल, एक एक दर्जन कापी, कलम गरी करीव २० हजार वरावरको आर्थिक सहयोग भएको जानकारी दिनुभएको छ ।
नेपाल पत्रकार महाँसंघ शाखा बाजुराका अध्यक्ष छक्क मल्ल, पत्रकार महेश कार्की, सर्मिला रोकाया, स्थानीय हिक्मत ओड, बाँचे सार्की लगायतको उपस्थितीमा राहत सामाग्री विरतण गरीएको हो । भारत लगायतका देशमा रहेका नेपालीहरुको राहात सहयोगले नवराजको परिवारलाई केहि दिनका लागि दैनिक चलाउन राहात पुग्ने बताईएको छ ।
भारतमा रहेका नेपालीहरुले विगतमा पनि लवारको परिवार संगै अन्य समस्यामा परेका स्थानियलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने भारतबाट भुवन सार्कीले बताउनुभएको छ । यो भन्दा अगाडी भारतमा रहनुभएका नेपाली सहयोगी मनहरु भुबन सार्की, कर्म सार्की, टेकराज गिरी, छक्क बोहोरा, सहदेव आउजी, गोविन्द लवार लगायतले सहयोग गर्नुभएको थियो ।
नाबालक नवराजको परिवारलाई भनेर भारतको खारघारमा रहेका बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एक निवासी भुवन सार्कीले १ हजार ६ सय, कर्म सार्कीले १ हजार ६ सय, हस्त कार्कीले ६ सय ४०, टेकराज गिरीले ८ सय १ रुपैंया, वडा नं एक पार्तोला निवासी डम्मर भण्डारीले १ हजार, वडा नं तीन निवासी प्रेम कुमार विकले ८ सय, सहदेब आउजीले ८ सय, बिन बोहोराले ८ सय, वडा नं ५ निवासी लालविर भदाराले ८ सय, वडा नं ७ सेरकाटिया निवासी डम्मर विश्वकर्माले ५ सय ६०, दल बहादुर खड्काले ३ सय २०, सिंह बहादुर चदारले ८ सय, वडा नं ८ निवासी धन लवार ३ सय २८, वडा नं १० निवासी छक्क बोहोराले १ हजार, लाल बहादुर बोहोराले ८ सय १६ सहयोग गर्नु भएको छ ।
त्यस्तै हिमाली गाउँपालिका वडा नं छ पाडी निवासी गोविन्द लवारले ८ सय, वडा नं ७ बाँधु निवासी गोकर्ण लवारले ४ सय ८०, जगन्नाथ गाउँपालिका वडा नं १ निवासी विर बहादुर विष्टले ९ सय ६१ रुपैंया, गिता कार्की विष्टले ८ सय १६, कपुर विकले ८ सय, नविन बोगटी ८ सय, स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ जेरा निवासी जैमान कामीले ५ सय ६०, वडीमालिका नगरपालिका वडा नं ७ रजातोली निवासी हेमन्त तिमेल्सेनाले ५ सयले भारतबाट सहयोग गर्नुभएको हो ।

सम्बन्धित पोस्ट
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना
  • जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न
  • अमेरिका र इरानबीच युद्धविरामको सहमति
  • आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    समाचार

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

    बाजुराकाे हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑