
बुटवल – गएराति परेको अविरल वर्षाको कारण आएको पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ८ थुम्का लाइन तम्घास बस्ने तिलक परियारका एकै कोठामा सुतेका तीन छोरीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
संगै कोठामा सुतिरहेकी एउटी छोरीलाइ उद्धार गरी बचाइएपनि अन्य तीन जनालाइ बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषौत्तम पाण्डेले जानकारी दिए। मृत्यु हुनेहरुमा २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र जमुना परियार रहेका छन्। उद्धार गरिएकी छोरीको स्वास्थ अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ।
घर माथिबाट ढुङ्गा माटोसहितको पहिरो आई पक्की घरको कोठामा सुतिरहेका परियारका छोरीहरु पुरिएका हुन्। राति २ बजेतिर पहिरोले पुरेको थाह पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो। स्थानीय, नेपाली सेना र नेपाल प्रहरी सशस्त्रको संयुक्त सहयोगमा ३ जनाकै शवलाइ जिल्ला अस्पताल तम्घास गुल्मी पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। याे समाचार अाजकाे दिनेश खबरमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर