• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

२,२२,२२२ रुपैया धनराशीको तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता कात्र्तिक १ देखि सञ्चालन हुने

खप्तड मालिका न्युज September 20, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– सर्वाधिक धनराशीको तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता २०७८ कात्र्तिक १ गतेबाट हुने घोषणा गरिएको छ । खेल पर्वको रुपमा हरेक वर्षको दशै तिहार बिशेष आयोजना हुने प्रतियोगिता यो वर्ष कात्र्तिक १ देखि सुरु हुने आयोजक छेडेदह स्पोर्टस क्लबले बताएको छ ।
बाजुराकै सुन्दरनगरीको रुपमा परिचित आटीचौर स्थित दरशथ माविको खेल मैदानमा कात्र्तिक १ देखि ६ गतेसम्म सञ्चालन गर्ने गरि तयारी थालिएको अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । क्लबले आधिकारी रुपमै हरेक वर्ष दशैको टिका थालेको २ दिनपछि खेल सुरु गर्ने तालिका नै बनाएको छ । खप्तड छेडेदह गाउँपालिका ७ आटीचौर स्थित दशरथ माविको खेल मैदान हुने प्रतियोगितामा सहभागि हुन टिम दर्ता भने असोेज ३१ गते साँझ ५ बजेभित्र गरिसक्नु पर्ने क्लबले जानकारी दिएको छ ।
खेल सञ्चालनको औपचारिक जानकारी र मिति सामाजिक सञ्जाल मार्फत जानकारी गराईएको छ । स्थानीय जनप्रतिनिधी, विद्यालय प्रशासन, विव्यस, स्थानीय सुर्खा बजारका व्यापारी सहीतको उपस्थितिमा बैठक बसेर प्रतियोगिता सञ्चालन बारे औपचारिक जानकारी गराइएको हो ।
सुन्दरनगरी आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्य सहीत प्रतियोगिता आयोजना गर्ने गरिएको क्लबका सचिव लक्ष्मण ओलीले बताएका छन् ।
क्लबले छेडेदह कपलाई खेल पर्वका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । लगातार दुई वर्षदेखि आयोजना गर्दै आएको प्रतियोगिता तेस्रो वर्षपनि निरन्तरता पाउने भएको छ । प्रतियोगितामा विजेताले २ लाख २२ हजार, २ सय २२ रुपैया नगद सहीत प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ । भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् ।
खेलमा अघिल्लो वर्ष प्रथम पुरस्कार १ लाख ५५ हजार, ५ सय ५५ रुपैया नगद सहीत प्रमाण पत्र र मेडल र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए । यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने क्लबका सचिव लक्ष्मण ओलीले बताएका छन्
२,२२,२२२ रुपैया धनराशीको तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता कात्र्तिक १ देखि सञ्चालन हुने
खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ । भने देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने गरि आयोजना हुन लागेको खेलमा ३० टिमको सहभागिता हुने आयोजकले अनुमान गरेको छ । अघिल्लो वर्ष २३ टिमले भाग लिएका थिए ।
आटीचौरलाई पर्यटकीय र खेल नगरीको रुपमा विकास गर्न क्लबले हरेक वर्ष अनिवार्य खेलकुदका गतिविधी सञ्चालन गर्ने उदेश्य सहीत प्रतियोगिता सञ्चालन गर्न लागिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् । हामीले छेडेदह कप फुटबल प्रतियोगितालाई संस्कारको रुपमा विकास गर्ने र सिंगो जिल्लाको पहिचानको विषय बनाउन खोजेको अध्यक्ष रावतको भनाई छ । खेलकुदकाले सानो उपत्यका सहीतको सुन्दर नगरी आटीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास स्थानीयले गरेका छन् ।
असोज ३१ गते टिम दर्ता गराएरकात्र्तिक १ गते विहान ९ बजेभित्र टिम दशरथ मावि खेल मैदान आटीचौरमा उपस्थित भइसक्नु पर्नेछ भने एक टिममा १।१ जना कोच मेनेजर सहीत १८ जना मात्र खेलाडी सहभागि गराउन पाउने व्यवस्था गरिएको छ । फोटो सहीतको फारम अनिवार्य भरेर टिममा सहभागि खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नु पर्ने र कोरोनाका कारण स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गराउने क्बलले बताएको छ ।

टिम दर्ता शुल्क १० हजार र धरौटी शुल्क ३ हजार लाग्ने पनि क्लबले जानकारी गराएको छ । राष्ट्रिय खेलकुद परिषद्कै सदस्यको सहभागिता रहने खेलमा ५ सय बढी खेलाडी र हजारौको संख्यामा दर्शकहरुले खेलको अवलोकन गर्ने छन् । विजया दशमीको दुई दिनपछि आटीचौरमा खेल हुन्छ र खेलकुद नगरीकै रुपमा विकास गर्ने गरी छेडेदह स्पोट्स क्लबले उदेश्य राखेको छ । छेडेदह स्पोट्र्स क्लब जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने मध्ये पनि जिल्लाको पहिलो क्लब हो ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑