काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १,४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ भने ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८७, मोरङमा ९३, सुनसरीमा ७२, कास्कीमा ६१, झापामा ३३, भक्तपुरमा ३२, ललितपुरमा २२, रुपन्देहीमा २१ र चितवनमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अाजकाे याे समाचार अनलाइन खबरमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर