
बझाङः संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार बझाङका कर्तव्य ज्यान मुदा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी ४ जनालाई राष्ट्रपतिले कैद सजाय माफी गरेकी हुन्।
जसमा कर्तव्य ज्यान मुदा लागेका दुर्गाथली गाउँपालिका – ५ का चक्र जप्रेल २०७० असोज २९ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। उनलाई सर्बोच्च अदालतले १५ बर्ष कैद सजाय तोकेको थियो। सबै गरी जप्रेलले ७ वर्ष ११ महिना ३ दिन जिल्ला कारागारमा रहेका थिए। बाँकी सजाय माफी गरिएको छ।
मष्टा गाउँपालिका – ३ घर भएका रामचन्द्र खड्का पनि कर्तव्य ज्यान मुदामा २०७७ साउन ४ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। खड्कालाई जिल्ला अदालत बझाङ बाट २ बर्ष कैद सजाय तोकेकोमा १ वर्ष १ महिना १० दिन जिल्ला कारागार बझाङमा रहेका हुन्। बाँकी सजाय माफी गरिएको छ।
बहुविवाहको मुद्दा लागेका केदारस्युँ गाउँपालिका – १ का शिवराज भण्डारी २०७७ साल कार्तिक २७ गते देखी जिल्ला कारागारमा कैद सजाय भोग्दै आएका थिए। जिल्ला अदालत बझाङले भण्डारीलाई १ बर्ष कैद सजाय सुनाएको थियो। भण्डारीले १० महिना ५ दिन जिल्ला कारागार बझाङमा रहेका थिए। बाँकी सजाय माफी गरिएको छ।
त्यस्तै, बहुविवाहकै मुदा लागेका जयपृथ्वी नगरपालिका – ३ का राजेन्द्र खड्का २०७७ भदौ ९ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। जिल्ला अदालत बझाङले खड्कालाई २ वर्ष कैद सजाय सुनाएको थियो।खड्का १ बर्ष २३ दिन जिल्ला कारागार बझाङमा रहेका थिए। बाँकी सजाय माफी गरिएको छ। सर्बोच्च अदालत र जिल्ला अदालत बझाङबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद कट्टा गरी माफी मिनाहा गरेपछि आज ४ जना जिल्ला कारागार बझाङबाट छुटेका जिल्ला कारागार बझाङका जेलर धनबहादुर घर्तीले जानकारी दिए।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर