राजेन्द्र बहादुर रोकाया/ बाजुरा :– जिन्दगीमा हरेक व्यक्तिका आफ्नै ईच्छा चाहान हुन्छन् । प्राय व्यक्तिका ईच्छा चाहाना भनेको आफु सुखि भए पुग्छ भन्ने नै हुन्छ । समाजमा अरुको सेवा गर्ने अरुको भलो चिताउने विरलै भेटिन्छन् । तर कोहि कसैले आफु सुखि भएर बस्नु भन्दा अरुलाई सुखि बनाएर जिन्दगी बिताउन पनि रुचाउछन् ।
जिन्दगी एउटा रङ्गमन्च जस्तै हो । मानिस जन्मसिद्ध बहुमुखि भएर आउदैनन् । जन्म मृत्यु, हासो, आँसु जस्ता कुराहरु त जिन्दगीमा चलिरहने घटनाक्रम न हुन् । मानव जीवन के हो ? के का लागि ? किन ? भन्ने प्रशनहरुले बढि भाबुकता बनाउछ । यी भाबुकताहरुबाट नै मानिसले जिन्दगी खोज्ने हो । सफल गन्तब्यको चरम सिखरमा पुर्याउने हो । मानिस स्वभाबसिद्ध आफ्नो आफ्नो तरिकाले जिउन चाहान्छ । त्यसकारण उसका हरेक ईच्छा र चाहाना पनि ब्यक्ति पिच्छे फरक भएझै मेरो चाहाना पनि त्यति पृथक नभए पनि जिबनमा सास रहुन्जेल सम्म समाज सेबा र नृत्यकार बन्ने सपना देखेकि छु । फलेको वृक्ष बग्ने पानी अरुका लागि हु्न्छन् । मानिसको जिन्दगि पनि अरुका लागि हुन्छ त्यो नै समाज सेबा हो भन्ने बुझेकि छु भन्नुहुन्छ कलाकार कोपिला सिंह ।
त्यस्तै जिन्दगीमा अरुकै सेवा गरेर जिन्दगी बिताउने ठुलो धोको बोकिरहेकि ब्यक्ति हुन् कलाकार कोपिला सिंह । कलाकार कोपिला सिंह अहिले २० बर्षकि भईन् । कलाकार सिंहको जन्म २०५९/०४/०२ मा भएको हो । बुबा बनबहादुर सिंह र आमा कृष्णा सिंहकि छोरी हन् । सर्ब प्रथम त यति ठुलो संसारमा पाईला टेकाई दिनुहुने बुबा आमा प्रति कोटी कोटी नमन् । मेरा बुबा आमाले गर्दा नै अहिले यो स्थान सम्म पुगेकि छु ।
कलाकारहरुको भिडमा पनि म भोलि गएर ठुलो डान्सर बन्ने छु त्यस पछी समाज सेबी बन्ने छु । म कलाकारीता क्षेत्रमा आएको पनि त्यसैका लागि हो । मेरो कलाकारीता यात्रा सुरु भइसकेको छ । यसका लागि धेरैको साथ र सपोर्ट रहँदै आएको छ र आईरहने विश्वास गरेकि छु । म सबै समस्याहरुलाई हटाएर यो यात्रामा जोडिन पाए हुन्थ्यो भन्ने पनि छ । भविश्यमा कलाकारिताबाट त्यो सोचेको सम्भव होला र ? कलाकार सिंह कहिले काँहि आफै माथी आफै प्रश्न पनि गर्ने गर्छिन । कलाकारीता क्षेत्रमा लागेको दुई बर्ष मात्रै भयो । यो अवधिमा दर्जन बढी गीतमा अभिनय गरीसके ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर