
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षमा हुनेहरूसँग मोर्चा बनाएको बताएका छन्।
यो गठबन्धनले प्रतिक्रान्ति रोक्ने, प्रतिगमन हुन नदिनेसमेत उनले बताए। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन्।
‘गठबन्धनलाई हामीले बचाउनुछ,’ आज आयोजित पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा उनले भने, ‘गठबन्धनको तहबाट फेरि हामी दुई तिहाइकै सरकार बनाउनबाट बन्चित भएका छैनौं।’ उनले गठबन्धन बच्यो भने चुनावपछि फेरि पनि सरकार बन्ने बताए। जनताले अब कुरा बुझिसकेकोले आफूलाई बदल्दै अगाडि बढ्नुपर्ने पनि उनले बताए।
प्रचण्डले फेरि पनि माओवादी एक नम्बरको पार्टी बन्ने बताए।
‘संगठन संरचना र विचार देशैभरि पुर्याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ। शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँचरसात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो,’ उनले भने।
साथै प्रचण्डले यतिधेरै सरकारमा सहभागी भएर एक सय जनाभन्दा धेरैलाई माओवादीले मन्त्री बनाए पनि देशको नेतृत्व राम्रोसँग गर्न भने नपाएको उल्लेख गरेका छन्।
उनले रूपान्तरण हुने हो भने फेरि माओवादी सरकार बनाउने गरी देशकै एक नम्बरको पार्टी हुने उनले बताए।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर