काठमाण्डौ, दुवै मिर्गौला फेल भएका अछामका पत्रकार ध्रुव बीसलाई उपचारमा आर्थिक समस्या भएको छ । मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका बीसीलाई आर्थिक समस्या भएको हो । अछाममा रहेको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक बीसी एक वर्षदेखि डायलासिस गर्दै आउनुभएको छ ।
स्वदेश र विदेशका अनेक उपचार विधिहरु प्रयोग गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि अहिले मिर्गौला प्रत्यारोपणको तयारी गरिएको बीसीले बताउनुभएको छ । पत्रकार बीसीले उपचारका क्रममा अहिलेसम्म १८ लाखभन्दा धेरै रकम खर्च गरिसक्नुभएको छ ।
तत्काल मिर्गौला प्रत्यारोपण नगरे डाक्टरले ज्यान नै जोखिममा हुने बीसीलाई बताएका छन् । नयाँ मिर्गौला फेर्नका लागि निकै ठूलो रकम आवश्यक पर्ने भएकोले आफूलाई सक्दो सहयोग गरेर जीवन रक्षा गरिदिन बीसीको आग्रह छ। उहाँले ध्रुव बीसीको नाममा आइएमी गरेर, ईसेवामार्फत र बैंक खातामार्फत सयोग गर्न सकिने बताउनुभएको छ ।
पत्रकार ध्रुव बीसीलाई नेपाल एसबीआई बैंकको भक्तपुर शाखाको खाता नम्बर २०७१५२४१४०५६५४, कृषि विकास बैंकको मङ्गलसेन अछाम शाखाको खाता नम्बर ०८२२६०११०९८४४०२६ मा सहयोग रकम जम्मा गर्न सकिनेछ । यस्तै ई–सेवा नम्बर ९८५११३०९६५ मा पनि सहयोग रकम जम्मा गर्न सकिने पत्रका बीसीले बताउनुभएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर