• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

१० करोड सम्मका योजना उपभोक्ता समितिलाई दिने तयारी भएपछि सुदूरपश्चिममा विरोध

खप्तड मालिका न्युज September 13, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः नेपाल सरकारले कार्यकता खुसी पार्न १० करोड सम्मका योजना उपभोक्ता समितिलाई कार्यान्वयनका लागि दिने तयारी थालेको छ। सरकारले बेरोजगार युवाहरुको श्रम समूह वा सहकारीलाई योजना दिने गरी आध्यादेश बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो।
अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक फाइदाका लागि कार्यकता खुसी पार्न १० करोडसम्मका योजना कार्यान्वयनका लागि उपभोक्ता समितिलाई दिने बाटो खोल्न अध्यादेश सभामा पेश गरेका छन्।
एक करोडसम्मका योजना कार्यान्वयन गर्दै आएका उपभोक्ता समितिहरु भ्रष्ट्राचार सिकाउने पाठशाला हुँदै गएको आरोप लागेका बेला १० करोडसम्मका योजना उपभोक्ता समितिलाई कार्यान्वयनका लागि दिदा भ्रष्ट्राचार झन बढ्ने दाबी गरिएको छ। उपभोक्ता समितिसँग सीप, उपकरण तथा अनुभव नहुने भन्दै रकम दुरुपयोग हुने आशंका गरिको छ।
लामो समयदेखि उपभोक्ता समितिका नामबाट नेता–कार्यकर्तालाई योजना वितरण हुने र भ्रष्ट्राचार हुँदै आएकोमा अर्थमन्त्री शर्माले अहिले श्रम समूह वा श्रम सहकारीका नाममा नेता कार्यकर्तालाई ठेक्कापट्टामा सहभागी बनाउन खोजेका भएपनि सीप, उपकरण तथा अनुभव नहुँदा योजनाहरुबाट प्रतिफल प्राप्त नहुने अनुमान निर्माण व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष चेतराज भट्टको छ।
‘उपभोक्ता समितिले १ करोडसम्मको योजना त पुरा गर्न नसकेको देखिन्छ। उपकरण तथा दक्षताविना १० करोडको योजना श्रम समूह या सहकारीलाई दिए प्रभावकारी नहुन सक्छ,’ उनले भने, ‘सामान्य तालिम दिएको भरमा के काम होला र

विधेयकमा ‘बेरोजगार युवाहरूको विस्तृत लगत अद्यावधिक गरी एकीकृत अभिलेख तयार गरिने, श्रम समूह वा श्रम सहकारीमार्फत युवालाई संगठित गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्न तालिमसहित श्रम समूह वा श्रम सहकारीले सार्वजनिक निर्माण क्षेत्रको १० करोडसम्मको लागतको आयोजनामा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने कानुनी प्रबन्ध गरिने उल्लेख गरिएको छ।

तर प्रतिस्थापन बिधेयक नै गैरकानूनी तरिकाले ल्याइएको र १० करोेड लागतका योजना श्रम समूह वा श्रम सहकारीलाई दिनु गलत भएको सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको छ। ‘पहिलो कुरा त अर्थ मन्त्रीले गैरकानुनी किसिमले प्रतिस्थापन विधेयक ल्याएका छन्।

दोस्रो बजेटमा वितरणमुखी कार्यक्रम राखेर विकासका कार्यक्रम हटाइएको छ,’ उनले भने, ‘१० करोड बजेट भएको योजना श्रम समूह या सहकारीबाट कार्यान्वयन गर्नसक्ने क्षमता छ छैन त्यो त अध्ययन नै भएको छैन। यो प्रभावकारी हुनेमा आशंका गर्न सकिन्छ।’

उपभोक्ता समितिमार्फत निर्माण हुँदै आएका योजनाहरु सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले नै मिलेर आधा बढी रकम भ्रष्ट्राचार गर्दै आएका छन्। समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाहमा राज्यकोष दुरूपयोग भइरहेको आरोप लाग्दै आएको छ। अहिले अर्थमन्त्री शर्माले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयन भए स्थानीय तहमा हुने निर्माणका योजनामा दलका कार्यकर्ताहरुले कब्जा जमाउने आशंका गरिएको छ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑