• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

काठमाडौंमा चार दिनका भेटघाटपछि एमसिसी पास हुनेमा आशावादी भइन् सुमार

खप्तड मालिका न्युज September 12, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

नेपालको राजनीति अहिले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी ले तरंगित भएको छ।
अमेरिकाले नेपालका सडक र विद्युतीय प्रसारण लाइन बनाउन दिने भनिएको ५० अर्ब रुपैयाँ अनुदान लिने कि नलिने भन्नेमा विवाद देखिन्छ। सामाजिक सञ्जालदेखि सडक र संसदसम्म एमसिसीको विरोधमा केहीले आवाज उठाइरहेका छन्।
यहीबेला एमसिसीकी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आइन्। गत बिहीबार काठमाडौं उत्रिएसँगै उनले लगातार राजनीतिक भेटघाट गरिन्। बालकोट, खुमलटार, सिंहदरबार, बालुवाटार र नागपोखरीस्थित होटल मेरियटमा उनले थुप्रै बैठक गरिन्।
चार दिनसम्म म्याराथन बैठक गरेपछि आइतबार उनले आफू बसेको होटल मेरियटमा पत्रकार सम्मेलन गरिन्। पत्रकार सम्मेलनका क्रममा उनले एउटा वाक्य पटक (पटक दोहोर्‍याइन्ए मसिसी पास हुनेमा म आशावादी छु।
‘एमसिसीबारे सरकारले सोधेका प्रश्नको हामीले लिखित जवाफ दिएका छौं। म आफैंले भेटेर राजनीतिक दलका नेताहरूलाई, मन्त्रीहरूलाई, सांसदहरूलाई र नागारिक समाजका अरू मानिसलाई थप स्पष्ट पार्ने प्रयास गरें,’ सुमारले भनिन्,‘यी सबै बैठकबाट म आशावादी बनेर वासिङ्टन फर्किँदै छु।’
आफूले भेटेका सबै जनाले एमसिसी नेपालका लागि लाभदायी रहेको र छिटै पास गर्ने बताएकाले आफू आशावादी भएको उनले बताइन्।
नेताहरूलाई आफूले विभिन्न कोणबाट उठेका प्रश्नको जवाफसँगै यसलाई छिटो संसदबाट तत्कालै पास गर्नुपर्ने कारणबारे बताएको सुमारले जानकारी दिइन्।
‘अहिले संसारभरि कोभिड महामारीले आर्थिक अवस्था खस्किरहेको छ। त्यसै पनि एमसिसीमा हस्ताक्षर भएको चार वर्ष बितिसकेको छ,’ नेताहरूलाई आफूले भनेको कुरा सम्झँदै सुमारले भनिन्,‘नेपाललाई सडक र प्रसारण लाइनको विकासका लागि यो सहयोग आधारस्तम्भ हुनसक्छ। यो पास गर्न जति ढिला हुन्छ, नेपालको आर्थिक विकास पनि त्यति नै ढिला हुन्छ।’
उपाध्यक्ष सुमारले एमसिसी पास हुने आशा व्यक्त गरे पनि संसदको चालु अधिवेशन एमसिसी पारित हुने सम्भावना भने निकै झिनो छ। एमसिसीबारे पाँच दलीय सत्तारूढ गठबन्धनमा नै एक मत छैन। सत्तारूढ गठबन्धन एक मत भएर एमसिसी संसदमा अघि नबढाएसम्म प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि यसबारे कुनै धारणा नबनाउने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताइसकेका छन्। एमालेभित्र पनि उपाध्यक्ष भीम रावल एमसिसी अनुमोदन गर्नु हुन्न भन्ने पक्षमा छन्।
एमसिसीले संसदबाट सम्झौता पारित हुनका लागि कहिलेसम्म कुर्छ भन्ने प्रश्नमा उपाध्यक्ष सुमारले त्यस्तो कुनै समयसीमा नरहेको बताइन् ।
सम्झौतामा एमसिसी संसदबाट पारित हुनु पर्ने उल्लेख भएकाले लागू हुनका लागि संसदबाट पास हुनै पर्ने उनले बताइन्।
एमसिसीबारे नेपाली समाजमा इन्फरमेसन, मिस्इन्फरमेसन र डिस्इन्फरमेसन रहेको उनले बताइन्।
‘केही मानिसहरूले राजनीतिक लाभका लागि पनि एमसिसीको विरोध गरेको देखिन्छ,’ सुमारले भनिन्, ‘यो अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई बिनास्वार्थ गरिएको सहयोग हो। यसमा राजनीति गर्नु हुँदैन।’
एमसिसी कुनै सैन्य रणनीतिको अंग नभएको सुमारले स्पष्ट पारिन्। ७० वर्षदेखि हामीले नेपालमा जे गरिरहेका छौं, एमसिसी त्यसैभित्रको एक भाग हो। कुनै सैन्य रणनीतिको हिस्सा होइन,’ उनले भनिन्।
नेपाली नेताहरूले एमसिसी सहयोगबाट नेपालको अर्थतन्त्रमा पर्ने सकारात्मक प्रभावबारे बुझेपछि यो पास गर्ने उनले बताइन्।
आफ्ना आमाबुवा पनि दक्षिण एसिया ९भारत० बाट गएको प्रसंग उल्लेख गर्दै उनले नेपालमा गरिबीको दुष्चक्र तोड्न एमसिसी महत्वपूर्ण हुने उनले बताइन्। साथै हरित उर्जामा नेपालले दक्षिण एसियालाई नेतृत्व गर्न सक्ने क्षमता भएकाले एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइन त्यसको आधार बन्ने उनको भनाइ छ।
एमसिसी सम्झौता अमेरिका र नेपाल सरकारबीच भएकाले यसमा अरू कुनै स्वार्थ नरहेको उनले तर्क गरिन्।
‘तपाईंहरू हेर्न सक्नुहुन्छ अमेरिकाको सहयोग संसारमा सबैभन्दा पारदर्शी छ। एमसिसीबारे पनि सबै कुरा पारदर्शी छ,’ सुमारले भनिन्,‘बितेको दशकमा हामीले एमसिसी सम्झौताका लागि नेपालका ८ वटा सरकारसँग कुराकानी गरेका छौं। त्यसैले यो सरकार(सरकारबीचको सम्झौता हो। लुकाउनु पर्ने केही कुरा छैन।’
नेपाल र अमेरिकाबीच ७० वर्षदेखि प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै सुमारले एमसिसी परियोजना लागू नभए पनि सम्बन्ध र सहयोग जारी रहने सुमारले बताइन्।
‘बितेका सात दशकमा नेपाल र अमेरिकाको सम्बन्ध सधैँ मित्रवत् छ। हाम्रो सम्बन्धका विभिन्न आयाम छन्। त्योमध्ये एमसिसी एउटा अफर हो। यो लागू भएन भने पनि अरू विभिन्न माध्यमबाट नेपाललाई अमेरिकाको सहयोग जारी रहन्छ,’ सुमारले भनिन्।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑