टेकसिँह धामी, धनगढीः नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश संसदीय दल गठन गर्ने तयारी गरेको छ। नेुकपा एमाले विभाजनपछि गठन माधव कुमार नेपाल नेतृतवको एकीकृत समाजवादीले प्रदेशमा एक हप्ता भित्रै संसदीय दल गठन गर्ने जनाएको छ।
अहिले समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दलका रुपमा छ। नेकपा ९एस० शुक्रबार दलको मान्यता पाएसँगै संसदीय दल गठन गर्ने प्रक्रिया थालेको नेकपा ९एस०की केन्द्रीय सदस्य तथा सुदूरपशिचम सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन्। उनले भनिन्, ‘शुक्रबार दलले आधिकारिकता पायो। हामी अहिले अनौपचारिक छलफलमा छौ। भोलीबाट हामी अनौपचारिक र औपचारिक दुईटै किसिमले बैठक बस्छौ। मलाई लाग्छ, अबको एक हप्ता भित्रमा नै हामीले संसदीय दललाई पूर्णता दिन्छौँ।’ संसदीय दल गठन लगायतका विषयमा छलफल गर्नका लागि सोमबारबाट बैठक बस्ने र त्यसपछि टुंगो लाग्ने उनको भनाई छ।
बैठक आइतबार बस्ने तयारी गरिए पनि कारणबश स्थगित गरिएको उनले बताईन्। ‘एमालेबाट अलग भएपछि हामीले छलफल गर्न पाएका छैनौँ,’ उनले दिनेशखबरसँग भनिन्, ‘भोलि ज्येष्ठ सदस्यबाट बैठक बोलाएर बैठक बस्दैछौँ। अनि छलफल र सहमतिमै दलको नेता चयन र सँसदीय दल गठन हुन्छ।’
संसदीय दलको नेताका लागि मन्त्री जोशीसहित नेकपा ९एस० गठनका क्रममा सांसदहरूलाई सनाखत गराउन अन्तिमसम्म खटिएका भौतिक पुर्वाधार तथा योजना मन्त्री दीर्घ सोडारी, पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहेका सांसद तारालामा तामाङ आकांक्षी छन् ।
१४ सांसदसहित सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको एकीकृत समाजवादी संसदीय दलको नेताबारे निकै चासोका साथ हेरिएको छ। प्रदेश सभामा पहिलो दल रहेको नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो बनेको छ। तत्कालीन एमालेका १४ जना सांसद एकीकृत समाजवादीमा लागेका छन्। प्रदेश सभामा एमाले चौथो दलमा खुम्चिएको छ। तत्कालीन माधव नेपाल समूहका सांसदहरु दीर्घ सोडारी, पूर्णा जोशी, माया भट्ट, तारालामा तामाङ, प्रकाश रावल, लालबहादुर खड्का, कुलवीर चौधरी, अमर बहादुर साँउद, बल बहादुर सोडारी, दुर्गा कामी, मनाकुमारी साँउद, चुनुकुमारी चौधरी, सुशिल बुढाथोकी र माया तामाङ बोहरा ९ओली समूह० ले एमाले छाडेर समाजवादीमा सनाखत गरेका थिए।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर