• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 07, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

डडेल्धुराका ५२ वडामै अधिवेशन सुरु, आधामा सर्वसम्मत, जिल्ला सभापतिद्वारा बहिष्कार

खप्तड मालिका न्युज September 10, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी : विवादकै बीच डडेलधुराका स्थानीय तहमा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु गरिएको छ। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा अधिवेशन सुरु भएको हो।निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटै वडामा अधिवेशनको प्रक्रिया अगाडि बढेको छ। ‘सबै वडामा अधिवेशन अगाडि बढेको छ, ५२ मध्ये आधा वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी आएको छ,’ बमले दिनेशखबरलाई भने।

निर्वाचन समितिले अधिवेशन सुरु गरे पनि जिल्ला सभापति कर्णबहादुर मल्ल समूहले भने बहिस्कार गरेको छ। ‘सदूरपश्चिमका ९ जिल्लाबाट सुरक्षाकर्मी ल्याएर एक पक्षीय रुपमा अधिवेशन भइरहेको सुनेका छौँ,’ मल्लले दिनेशखबरलाई भने, ‘केन्द्रबाटै वडा सभापतिका उम्मेदवार तय भएका छन्। त्यस्तो अधिवेशनमा हामी सहभागी हुँदैनौँ।’ प्रहरी लगाएर पार्टीको अधिवेशन गराउने गलत प्रयत्न भइरहेको उनले बताए।

यता देउवा निकट पक्षले भने झण्डै ४५ वडाका सभापतिले विज्ञप्ति जारी गरेरै अधिवेशनमा सहभागी जनाइसकेको दाबी गरेको छ। जिल्ला सभापतिका दाबेदार भीम बहादुर साउँदले शान्त वातावरणमा अधिवेशन भइरहेको दाबी गरे। ‘सबै भातृ तथा शुभेच्छुक संस्था र जनप्रतिनिधिको सहभागिता रहेको छ,’ उनले भने, ‘विभिन्न वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ।’

क्रियाशील सदस्यता विवादले वडा अधिवेशन अनिश्चित बनिरहेको डडेल्धुरामा नेपाली कांग्रेसको विवाद थप चर्किँदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्ष र जिल्ला सभापति कर्ण मल्ल पक्षले आ–आफ्नै अडान राख्न थालेपछि जिल्लामा विवाद पेचिलो बनेको हो।

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले ४ सय ४४ जनाको नाम हटाइदिएको छ। तर, आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवादको अवस्था बनेको जिल्ला सभापति मल्लले बताएका छन्। तर जिल्लामा देउवा निकट पक्षले भने कर्ण मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको बताएका छन्।

सम्बन्धित पोस्ट
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का
  • बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    समाचार

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै

    दलित पत्रकार सङ्घको अध्यक्षमा गोपाल बराइली निर्वाचित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑