• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 10, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एमसीसी विरुद्व नारा लगाउँदै संसद भवन अगाडि कसले जलायो टायर? (फोटोफिचर)

खप्तड मालिका न्युज September 6, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठ्माण्डाैँ :  एमसीसीको विरोध गर्दै अज्ञात समूहले नयाँ बानेश्वरस्थित संसद भवन अगाडी टायर बालेर विरोध गरेका छन् । ४(५ जनाको समूहमा आएका केही व्यक्तिहरुले संसद भवनको गेटकै अगाडी टायर बालेका थिए ।

टायर बाल्दै उनीहरुले ‘एमसीसी मुर्दावाद१’ भन्दै नारा समेत लगाएका थिए । एक्कासी आएर टायर बालेर उनीहरु नारा लगाउँदै भागेका थिए । २ मोटर साइकलमा ४ जना आएको प्रत्यक्षदर्शीले बताए । उनीहरु सबैले हेलमेट लगाएर मुख छोपेका थिए । टायर बालेर भागेपछि प्रहरीले टायर निभाएका थिए ।

हेर्नुहोस् केह तस्बिरहरु –

No description available.

सरकारले एमसीसी पास गर्न नहुने भन्दै विभिन्न व्यक्ति र संघसंस्थाहरुले विरोध गरिरहेका छन् । बर्षे अधिवेशन अन्त गरेको तीन सातापछि सरकारले फेरि संसदको अधिवेशन बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि संसद अधिवेशन आह्वान गरिसक्नु भएको छ ।

No description available.

संसदबाट टुंगो लगाउनु पर्ने बजेट अध्यादेशलाई समेत अलपत्र छाडेर गत साउन ३२ गते हठात संसद अधिवेशन अन्त्य गरेको सरकारले तीन साता नवित्दै फेरि संसद वैठकको आवश्यकता ठान्नुलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता अनुमोदनसंग जोडेर हेरिएको छ ।

नेपाल र अमेरिकाबीच एमसीसी सम्झौता भएको यही भदौ २९ गते ४ वर्ष पुग्दैछ । त्यो भन्दा अघि नै उक्त सम्झौता संसदबाट अनुमोदन गराउने चाहना सरकारको रहेको सरकारी अधिकारीहरूले बताएका छन । एमसीसी कम्प्याक्टकी उपाध्यक्ष फतिमा सुमार यही भदौ २४ गते नेपाल आईपुग्दै हुनुहुन्छ । सुमारको भ्रमणलाई पनि एमसीसी सम्झौता अनुमोदनसंगै जोडेर हेरिएको छ । २०७४ भदौ २९ मा एमसीसी सम्झौता हुँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुहुन्थ्यो भने सम्झौतामा हस्ताक्षर गर्ने तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले कानुन मन्त्री हुनुहुन्छ ।

No description available.

सरकारले संसद अधिवेशन डाक्ने निर्णय गर्नुअघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका सहयात्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग छलफल गर्नुभएको थियो ।प्रधानमन्त्री देउवाले दाहाल र नेपालसंग एमसीसी पारित नगर्दा अमेरिकाले नेपाललाई दिएको अनुदान सहयोग फिर्ता हुन सक्ने र त्यसले अन्य अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालप्रतिको विश्वसनीयता गुम्नेतर्फ सचेत बन्नुपर्ने बताउनु भएको थियो ।

No description available.

त्यसो त संसदमा १५ वटा अध्यादेश अलपत्र अवस्थामा छन् । त्यसमा पनि बजेट अध्यादेश नै अलपत्र पर्दा बजेट कार्यान्वयनमै अन्योल बढेको छ । बजेट अधिवेशन अन्त्य गरेर सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार माधव नेपालको नेतृत्वमा नेकपा समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भईसकेका छन् ।

No description available.

तर सरकार भने उक्त अध्यादेशलाई संसदमा लैजाने पक्षमा नरहेको र संसद वैठक बस्नु अघि उक्त अध्यादेश निस्क्रिय बनाउने तयारीमा रहेको बुझिएको छ ।

सम्बन्धित पोस्ट
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय
  • वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित
  • १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    समाचार

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

    रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑