• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिममा भीम रावल होइन माधव नेपाल बलिया

खप्तड मालिका न्युज September 6, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, भदौ २१, जेठ २५ गते सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेभित्र अन्तरसंघर्ष चुलिएको थियो।

केन्द्रको दबाबलाई बेवास्ता गर्दै एमालेका १७ सांसदले माओवादी केन्द्रका भट्टलाई विश्वासको मत दिए। सभामुखसहित २५ जना सांसद रहेको एमालेका बहुसख्यक सांसदले मत दिएकै कारण भट्टको सत्ता टिकेको हो।

५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३ सांसद छन्। भट्टले विश्वासको मत पाउनुको पछाडि एमाले उपाध्यक्ष भीम रावलको साथ रहेको अनुमान गरिएको थियो। किनकी त्यो समयमा रावल एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर विरोधी थिए। अछामका रावलको सुदूरपश्चिमको एमाले राजनीतिमा बलियो पकड रहेकाले उनैको साथमा प्रदेश सभाका सांसदले अध्यक्ष ओलीको निर्देशन लत्याइदिएको धेरैको अनुमान थियो।
एमालेको अन्तरसंघर्ष चर्किँदै गएर पार्टी विभाजन भएको छ। माधवकुमार नेपालले एमाले विभाजन गरी नेकपा९एकीकृत समाजवादी पार्टी गठन गरेका छन्। नेपालले पार्टी विभाजन गर्दा रावलले उनलाई साथ दिएनन्। उनी अहिले ओलीसँग निकट छन्।

ओलीको पक्षमा रावल लागेसँगै सुदूरपश्चिमको राजनीतिमा पनि फेरबदल आउने अनुमान गरिएको थियो।

तर हिजो रावललाई साथ दिएका भनिएका एमालेका अधिकांश प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन्। रावलको पक्षमा रहेका भनिएका १७ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन्। ४ जना सांसदमात्रै रावलझैं एमालेमा बसेका छन्।

आफ्नो पक्षमा १४ सांसद रहने एकीकृत समाजवादीको दाबी छ। त्यो अवस्थामा एकीकृत समाजवादी प्रदेश सभाको सबैभन्दा ठूलो दल हुनेछ भने रावललाई जम्मा तीन जना सांसदले साथ दिनेछन्।

जेठ २५ यता रावल बदलिए तर रावललाई साथ दिएका सांसद बदलिएनन्। रावलले ओली रोजे पनि सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी पार्टी ठूलो बनेको छ। कुनै बेला संसदमा झन्डै बहुमतमा रहेको एमाले अब सभामुखसहित १२ सांसदमा खुम्चिएको छ।

ओली र नेपालबीच अन्तरसंघर्ष हुँदा सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षको बोलवाला हुनुमा रावलको प्रभाव रहेको मानिएको थियो। रावलकै कारण माधव नेपाल बलियो भएको अनुमान थियो। सुदूरपश्चिममा रावलका कारण माधव नेपाल नभई नेपालका कारण रावल बलियो बनेको घटनाक्रमले पुष्टि गरेको छ।

सुदूरपश्चिमलाई हेर्ने काठमाडौंको आँखा गलत भएकाले यस्तो भ्रम भएको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य गरिमा शाहको भनाइ छ।

ुसदुरपश्चिममा भीम रावलबाहेक पार्टीमा अरू व्यक्ति छैनन् भन्ने काठमाडौंलाई परेको थियो। पार्टीले एउटै व्यक्तिलाई बलियो र शक्तिशाली बनाउँदा पनि यस्तो भएको हो,ु उनले भनिन्,ुपार्टीले एउटै व्यक्तिलाई सोध्ने र त्यसकै आधारमा निर्णय गर्दा धेरै व्यक्ति आजित भएकाका थिए। एकसेएक क्षमता भएका थिए तर बाहिर एक्स्पोज हुन पाएका थिएनन्। घटनाक्रमले कसको शक्ति कति छ भनेर देखाइदियो।ु

पार्टीभित्रको अन्तरसंघर्षमा वैचारिक र सैद्धान्तिक आधारमा लागेको भन्दै उनले कुनै व्यक्ति हेरेर नलागिएको बताइन्। आफूहरू एउटा निश्चित नेताको लागि भन्दा पनि विचार र मुद्दाको लागि लडेको शाहले बताइन्।

ुजब माथिका नेताहरू मुद्दा र विचारभन्दा निहित स्वार्थमा लागे। हामी यो उमेरका भयौं अब कहिले संघर्ष गर्ने भन्न थालेपछि हामीले विद्रोह गरेको हो,ु उनले भनिन्,ुयो विद्रोहले सुदूरपश्चिममा पार्टी बनाउने ठूलो पंक्ति छ भन्नेसमेत देखाएको छ । यो समाचार आजको सेतोपाटीमा पत्रकार सन्जिब बगालेले लेख्नुभएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    समाचार

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑