
सविता बुढा, धनगढी, सुदूरपश्चिममा थप तीन जना एमाले सांसदहरूले नेकपा ९एकीकृत समाजवादी० का पक्षमा सनाखत गरेका छन्।
आइतबार सांसदहरू दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल धनगढीस्थित निर्वाचन आयोग कार्यालयमा गएर सनाखत गरेका हुन्।
उनीहरूले सनाखत गरेसँगै प्रदेश सभा एकीकृत समाजवादीका सांसद १३ जना पुगेका छन्। ५३ सदस्यीय प्रदेश सभा एमालेका सभामुखसहित २५ सांसद थिए । १३ सांसद एकीकृत समाजवादीमा गएपछि उक्त पार्टी एमालेभन्दा ठूलो बनेको छ।
यसअघि प्रदेश सभा सदस्यहरू पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, मना साउँद, चुनकुमारी चौधरी, कुलबिर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले एमाले छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए।
एमालेमा विवाद हुँदा सुदूरपश्चिम प्रदेश सभामा २५ मध्ये १७ सांसद वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका थिए। सुदूरपश्चिमको एमाले राजनीतिमा बलियो प्रभाव रहेका उपाध्यक्ष भीम रावल पनि त्यतिबेला नेपाल समूहमै थिए। पछिल्लो समय रावल नेपालको साथ छोडेर एमालेमै रहेका छन्। सुदूरपश्चिममा भने उनले चार जना सांसदबाहेकलाई नेपाल नेतृत्वको नयाँ पार्टीमा जानबाट रोक्न सकेका छैनन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर