• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

ग्रामीण सुधार केन्द्र बाजुराको १३ औं साधारण सभाबाट अध्यक्षमा विष्ट निर्विरोध चयन

खप्तड मालिका न्युज September 4, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : ग्रामीण सुधार केन्द्र बाजुराको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको १३ औं वार्षिक साधारण संस्थाको वार्षिक प्रगती प्रतिवेदन र निती तथा कार्यक्रम, आर्थिक वर्ष २०७७/ ०७८ को आय व्यय र लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरी संस्थाको आर्थिक प्रशासन नियमावली, कर्मचारी प्रशासन नियमावली र कर्मचारी आचारसंहिता स्वीकृत गरेको छ ।
विगत वर्ष देखि स्वास्थ्य अधिकार तथा सुर्तिजन्य पदार्थको न्यूनिकरण, मदिराको प्रयोग, सामाजिक कल्याण, विकृति विसंगतीको अन्त्य, युवा तथा वालवालिकाहरुको सशक्तिकरण र खोज अनुसन्धान सम्बन्धी कार्य गर्दै आएको संस्थाको कार्यसमिति समेत गठन भएको छ ।
संस्थाका निवर्तमान अध्यक्ष  वीरबहादुर विष्ट अध्यक्ष रहने गरी १३ सदस्यीय समिति गठन भएको सचिव बलवान ऐडीले जानकारी दिएका छन् ।
साधारण सभाबाट उपाध्यक्षमा विरेन्द्र बहादुर रावल, सचिवमा बलवान ऐडी, सहसचिवमा वीरबहादुर थापा, कोषाध्यक्षमा अमृता सिंह र सदस्यमा जनक थापा लगायत महिला, दलित र जनजाती गरी कार्यसमिति गठन भएका छन् ।
संस्थाको संस्थागत विकासका लागि नेतृत्व विकास गरी सामाजिक कल्याणका क्षेत्रमा आर आइ सी को नाम चम्काउन आफ्नो साथ सहयोग र सहकार्य रहने सभापति पण्डितले प्रतिवद्दता व्यक्त गरेका छन् ।
सरकारी नीति तथा कार्यक्रमको कार्यान्वयमा गैरसरकारी संस्थाको अमुल्य योगदान रहने भएकाले जिल्लाको स्वास्थ्य, शिक्षा, रोजगारी, गरिवी निवारण र समानतामुलक समाज निर्माणमा सक्रिय रहन अपिल गरेका छन् ।
साधारण सभामा नेपाल यूनियन जिल्ला अध्यक्ष प्रेमबहादुर रौले, सल्लाहकार समिति संयोजक विपिन विष्ट, दलित अगुवा कौशल विक, नगर उप प्रमुख कविता विष्ट र नगर प्रमुख पदम बडुवालले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्दै संस्थाको उज्वल भविष्यको कामना गरेका छन् ।
। संस्थाका गतिविधि सामाजिक विकास र खोज अनुसन्धान कार्यमा केन्द्रीत रहने अध्यक्ष विष्टले प्रतिवद्दता गरे ।
२०६५ साल मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता गरी विधिवत रुपमा स्थापना भएको संस्थाको बडीमालिका नगरपालिका सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष बीरबहादुर विष्टको अध्यक्षतामा संचालन भएको सभामा नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितको प्रमुख आतिथी रहेका थिए ।
साधारण सभामा बडीमालिका नगरपालिका प्रमुख पदम बडुवाल, नगर उप प्रमुख कविता विष्ट विशिष्ट अतिथी थिए । यस्तै अपाङ्ग कल्याण सेवा सघ बाजुरा अध्यक्ष मानबहादुर हमाल, संस्थापक तथा सल्लाहाकार समिति संयोजक विपिन विष्ट, सल्लाहाकार रामचन्द यादव र गोपाल कार्की लगायत संस्थाका कार्य समिति सदस्य र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
सचिव बलवान ऐडीले संचालन गरेको साधारण सभा कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष विरेन्द्र रावलले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑