![](https://www.khaptadmalikanews.com/wp-content/uploads/2024/09/KMN-Office-Bener.jpg)
बाजुरा:- नेपाल रेडक्रस सोसाईटी बाुराले आफ्नो ५९ औं स्थापना दिवश मनाएको छ । रेडक्रसका संस्थापक डा. हेनरी ड्यूनाको फोटोमा माल्यार्पण गरी आफ्नो स्थापना मनाएको नेपाल रेडक्रस सोसाईटी बाजुराका सभापती रमबहादुर शाहीले बताए । “निरन्तरता” भन्ने मुल नाराका साथ रेडक्रसले आफ्नो ५९ औं स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा बोल्दै बडिमालिका नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पदम बडुवालले नेपाल रेडक्रस सोसाईटी बाजुराले नगरपालिका संग समन्वय गरी काम गरेको र आगामी दिनमा समेत नगरपालिका संग समन्वय गरेर जाने बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी बाजुराले नगरपालिकालाई गरेको सहयोगको प्रसंसा गर्दै रेडक्रसले गर्न सहयोगको कमी नहुने बिश्वास ब्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी बाजुराका सभापती रमबहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगर प्रमुख पदम बडुवाल रहनुभएको थियो । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, सशत्र प्रहरीका प्रमुख दिपक बिष्ट र प्रहरी प्रमुख मदनजित महरा कार्यक्रममा बिशिष्ट अतिथी रहनुभएको थियो भने कार्यक्रमकाे संचालन रेडक्रस बाजुराका सदस्य धर्म बाेहराले गरेका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर