• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

खप्तड छेडेदहको सुदाडामा फोन गर्न रुख र डाँडा चढ्नुपर्ने बाध्यता

खप्तड मालिका न्युज September 4, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बुद्ध सेजुवाल
बाजुराः जिल्लाको खप्तड छेडेददह गाउंपालिका वडा नं.६ का सुदाडा गाउंमा मोबाइल सेवाले काम नगरेपछि अग्ला डांडा र रुख चढेर फोन गर्नु बाध्यता रहेको छ ।
गाउंपालिकाको वडा नं. ६ सुदाडा दुगाउंको सबै ठाउंमा नेपाल टेलिकमको नेटर्वकले राम्रो सँग काम नगरेको स्थानीयहरुको गुनासो रहेको छ ।
वडा नं. छ सुदाडाका स्थानीयहरु आफन्त संग फोन गर्न एक घण्टा उकालो हिडेर गाउंभन्दा माथि पहाडमा पुग्नु उनिहरुको रहर नभइ बाध्यता हो ।
गाउंपालिको वडा नं.७ को छेडेदह तालनजिकै र बडिमालिका नगरपालिको वडा नं. १को पाटाको लेकमा नमस्तेको टावर छन तर नेटवर्कले स्पष्टरुपमा काम गर्दैन ।
पानी परेपछि बेलुका ६ बजे देखि बिहान १० बजे सम्म टावर नआउदा जहा पनि हिडेर गई खबर गर्नुपर्ने निकै दुःख भोग्नुपरेको त्यहाका स्थानीय भिम बहादुर ल्वारले बताएका छन् ।
जिल्लाको खप्तड छेडेदह गाउंपालिका वडा नंं. ६का सुदाडा र नाइना गाउं आफैमा दुर्गम अनी पिछडीएको क्षेत्र छ त्यसैमा संचारको असुबिधाले झनै दुर्गम बनाएको त्यहांका स्थानीय खम्म सेजुवालले बताएका छन् ।
बडिमालिका नगरपालिकाको वडानं. १को पाटामा रहेको नमस्तेको टावरमा समस्या आएपछि त्यहांका स्थानीयहरु संचार सेवाबाट बन्चित रहेका छन् ।
टेलिफोन सेवाले काम गर्न छोडेपछि गाउंबासिको र बाहिर जिल्लामा रहेर अध्यान गरिरहेका आफना छोराछोरि संग फोन गर्न डाडां चढेर फोन गर्नुपरेको स्थानीय प्रसादे सार्किले बताएका छन् ।
गाउँमा कोहि बिरामी भएपनि खबर गर्न केहि माध्याम छैन स्थानीय मन सेजुवालले भने सुदाडा गाउं समस्याइ समस्याले भरिएको गाउं हो । त्यहां नअस्पतालको सुबिधा छ न संचारको सुविधा छ ।

घरछेउमा सेवा सुविधा सहितको सरकार आएको चर्चा चलिरहेको वेला अहिलेपनि बाजुरा जिल्लाका अधिकांस गाउं संचारको पहुँचबाट टाढा रहेका छन ।

खप्तड छेडेदह गाउँपालिकाका अधिकांश वडा देखि गाउंहरुमा अहिलेपनि संचारको पहुँचबाट टाढा हुँदा यहाँका जनतालाई सूचनाबाट बञ्चित हुनु परेको छ। वडा नं. ६का स्थानीय प्रयाग राज पाध्याय बताउछन्। ‘सुदाडा गाउंमा माथि कतै कतै अलिअलि फोनको टावर देखाउँछ गाउंकोतल तिर टावरनै आउदैन। यहाँ त फोन एकोहोरो हुन्छ। हामीले चाहेमा डाडामा चढेर आफन्तलाई फोन सम्पर्क गछौ। अरुको फोन आउला भन्नु आशै छैन।’

बिचरा एक दिनमा हुने कामका लागि २ दिन बस्नु पर्छ।’ पाध्यायले भने ‘दुर्गमको गाउँ सुदाडा गाउँले अझै सुबिधा पाएका छैनन्।’

गाउँमा सरकार आयो तर सुबिधा आएन, संसार कहाँबाट कहाँ पुग्यो, हाम्रोमा फोन गर्न डाँडामा उक्लिने वा रुख चढ्नुपर्ने बाध्यता छ।’

यता गाउंपालिका अध्यक्ष नर बहादुर रावतले भने कम क्षमताका टावर भएका कारण यस्तो समस्या भोग्नु परेको रावतले बताएका छन् ।
त्यसतै खप्तड छेडेदह गाउंपालिकामा रहेका सबै गाउंमा राम्रो संग फोन नेटवर्क नभएको र टावर भएकै ठाउ मापनि राम्रो सँग नेटवर्क नहुदा टेलिफोन सेवा अवरुद्ध हुदै आएको छ अध्यक्ष रावतले बताका छन् ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑