काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। बिहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। गृह मन्त्रालय स्रोतका अनुसार मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे भण्डारीले गृहमन्त्रीसँग जानकारी लिएकी थिइन्। देशका विभिन्न भागमा आएको बाढी, पहिरा र डुबानका सन्दर्भमा पनि गृहमन्त्री खाँणले राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए।
राष्ट्रपतिले दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे पनि चासो राखेको बुझिएको छ। सरकारले भदौ १५ गते धामी घटनाको प्रतिवेदन सार्वजनिक गरेको थियो। धामी बेपत्ताबारे छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको खाँणले राष्ट्रपतिलाई जानकारी गराएका थिए।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर