• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिम सरकारले कोरोना महामारीमा एक करोडको खाना खुवायो

खप्तड मालिका न्युज August 30, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कोषबाट खाना खुवाएर मात्र झण्डै एक करोड खर्च गरेको देखिएको छ। भारतबाट स्वदेश फर्किएका नेपालीलाई नाका र विभिन्न क्वारेन्टिनमा प्रदेश सरकारले खाना खुवाएर मात्रै एक करोड खर्च गरेको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न क्वारेन्टिनमा ६४ लाखको खाना खुवाएको जनाएको छ। मन्त्रालयले आफ्ना मातहत रहेका कार्यालय तथा सुदूरपश्चिम फाउण्डेसन लगायतका संघसंस्थालाई जिम्मा दिएर खानामा ६४ लाख खर्च गरेको उल्लेख गरेको छ।
कोरोनाको सुरुवाती अवस्थामा नाकामा अलपत्र परेकालाई खाना खुवाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। ‘हामीले खाना खुवाउने जिम्मा स्वास्थ्य कार्यालयलाई नै दिएका हौ,’ उनले दिनेशखबरलाई भने।
यस्तै सुदूरपश्चिम प्रदेश कोरोना भाइरस रोगको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट थप साढे ३४ लाख खानामा खर्च भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त कोषमार्फत विभिन्न निकायलाई आर्थिक स्रोत उपलब्ध गराएको थियो। सोही रकमबाट जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयनमा खर्च हुने गरि त्रिनगर–गौरीफन्टा नाकामा पुगेका प्रदेशवासीलाई खाजा र पानी सहयोग गरेबापत दुई लाख ५० हजार भुक्तानी दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट नै स्वास्थ्य कार्यालय धनगढीले समेत थप ३२ लाख भुक्तानी लिएको छ। त्रिनगर नाका भएर भारतबाट फर्किका नेपाली नागरिकलाई खाना, खाजा र पानीको व्यवस्था गरेबापत स्वास्थ्य कार्यालयलाई ३२ लाख भुक्तानी दिएको मन्त्रालयले जनाएको छ।
विभिन्न होटलमार्फत खाना खुवाएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। ‘नाकामा अलपत्र परेका नागरिकलाई तीन वटा होटलमार्फत खाना खुवाइएको हो,’ उनले दिनेशखबरलाई भने, ‘आन्तिरिक मामिला तथा कानून मन्त्रालयबाट भुक्तानी भएको हो।’
सो समयमा धनगढीका आधा दर्जन बढी संघ संस्थाहरुले पनि नाकामा अलपत्र परेका प्रदेशवासीलाई खाना, खाजा र पानी उपलब्ध गराएको दाबी गर्दै आएका छन्। त्यसमा सुदूरपश्चिम फाउण्डेसनले प्रदेश सरकारबाटै खाना खुवाउन झण्डै ३० लाख बजेट पाएको थियो भने अन्य संघ संस्थाहरुले निजी क्षेत्र लगायत आम नागरिकबाट समेत आर्थिक सहयोग संकलन गरी हजारौंलाई खाना खुवाएको दाबी गरेका थिए।
यस्तै कोरोना कोषबाटै बोलन्या थलीलाई ३ लाख ५२ हजार र बडिमालिका डिजिटल रेकिर्डिङ स्टुडियोलाई अडियो भिडियो बनाउन चार लाख ९४ हजार रकम भुक्तानी दिइएको छ। दिनेश खबर बाट साभार….

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑