• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

सुदूरपश्चिमको कृषि मन्त्रालयद्धारा कार्य विधि विपरीत करोडौँका कार्यक्रम सञ्चालन

खप्तड मालिका न्युज August 27, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः सुदूरपश्चिममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि हाटबजार निर्माण तथा अनुदान वितरणका कार्यक्रम कार्यविधिविपरीत सञ्चालन भएका छन्।
सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको एक अर्ब ९७ करोड ५ लाख १६ हजारको लेखा परीक्षण गर्दा यस्तो देखाएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९ब्लक कार्यक्रम० को रकम तीन किस्तामा भुक्तानी गर्नुपर्नेमा प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एकै किस्तामा ७ करोड ७२ लाख एकै पटक भुक्तानी दिएको हो। तीन किस्तामा दिनुपर्ने रकम एकै किस्तामा प्रक्रिया पूरा नगरी कृषि मन्त्रालयले भुक्तानी दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
कैलाली र कञ्चनपुरमा तरकारी, धान, मकै र गहुँ उत्पादनको पकेट कार्यक्रम कार्यान्वयन गर्न एक सय १८ कृषक समूहलाई ५ लाखका दरले ७ करोड ७१ लाख एक हजार अनुदान वितरण गरिएको छ। उक्त रकमसमेत कार्यविधि पूरा नगरी बिलको आधारमा एकमुष्ट भक्तानी दिइएको छ। कार्यक्रम सञ्चालन गर्दा कार्यविधिको पालना गर्न महालेखा परीक्षकले सुझाव दिएको छ। मन्त्रालयले प्राविधिक प्रतिवेदन पेश नगरिएका कृषि हाटबजार कार्यक्रमको रकमसमेत एकमुष्ट भुक्तानी दिएको छ। कैलाली जिल्लाका ६ स्थानमा हाटबजार सञ्चालन गर्न गठन गरिएका समितिको खातामा एक करोड १२ लाख २ हजार रकम एकमुष्ट प्राविधिकको प्रतिवेदन बिना भुक्तानी दिइएको हो। हाटबजारका संरचना निर्माण गर्दा प्रतिस्पर्धासमेत नगरिएको पाइएको छ।
यस्तै कृषि ज्ञान केन्द्र कञ्चनपुरले लागत अनुमान भन्दा बढीका सामान खरिद गरेको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरले ९ कृषि समूहलाई तीन करोड ५८ लाख ९८ हजार लागत अनुमानका कार्यक्रम सञ्चालन गरेकोमा लागत अनुमानमा नपरेका २६ लाख ४० हजारका इन्जिन तथा पावर ट्रिलर खरिद गरेको हो। समूहलाई लागत अनुमान उल्लेख गरेको भन्दा एक करोड ३ लाख ५१ हजार बढी रकम भुक्तानी दिइएको छ। समूहहरुको दरभाउ समेत फरक छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले लागत अनुमान बेगर खर्च गरेको छ। अछाम र बाजुराका १३ समूहलाई विज्ञ केन्द्रले लागत अनुमान तयार नगरि ६ करोड १० लाख ६७ हजार खर्चेको हो।
मन्त्रालयको एक करोड ८१ लाख १२ हजार बेरुजु देखिएको छ। ६४ लाख ५६ हजार फस्र्यौट भएको छ भने एक करोड १६ लाख ५६ हजार अझै बाँकी छ। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कार्यविधिविपरीत विभिन्न कार्यक्रम सञ्चालन गरेको पाइएको हो।
-कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑