• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

जसले क्यान्सर अस्पतालको मुहार फेरे

खप्तड मालिका न्युज August 19, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

चितवन । चार वर्ष अघि यहाँको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वेथिति बढेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी सेवा सुधारका लागि पहल गरेको थियो । अस्पतालका उपकरणहरु थन्किएका थिए । उपकरण बिग्रिएर र आवश्यक रि–एजेन्टहरु नहुँदा अधिकांश सेवा ठप्प हुँदै गएको थियो ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यालय समयमा बाहिर सेवा गर्न थालेपछि प्रशासनले प्रत्यक्ष चेकजाँच समेत गरेको थियो । यसबीचमा अस्पतालका कार्यकारी निर्देशकमा प्राडा विजयचन्द्र आचार्य नियुक्त भएपछि अस्पतालको भौतिक, उपकरण , सेवा तथा प्रशासनिक लगायतका क्षेत्रमा आमूल सुधार आएको जनाइएको छ । उनको तीनवर्षे कार्यकालको नियुिक्त विस २०७४ वैशाख २४ गते भएको थियो ।
उनले भने, ‘मैले कार्यभार सम्हाल्दा अस्पतालमा १ सय ९४ श्यया रहेको थियो । अहिले ४ सय ५० पुगेको छ । आठवटा अत्याधुनिक मोडुलर शल्यक्रिया थ्रेटर जडान गरिएको छ । यस अघि चारवटा पुरानो ढाँचाका थे्रटर रहेका थिए । यस्तै १८ श्ययाको सघन उपचार कक्ष निर्माण गरिएको छ ।’ वि.सं. २०५७ मा एक सय श्ययाबाट अस्पताल सञ्चालनमा आएको थियो ।
अस्पतालमा अतिरिक्त विस्तारित सेवा सुरु गरिएको छ । यसले गर्दा कार्यालय समय बाहेकको समयमा थप शुल्क तिरेर बिरामीले उपचार सेवा पाएका छन् । यससँगै निजीको महंगो शुल्कबाट बिरामी जोगिएका छन् । कार्यकारी निर्देशक डा आचार्यका अनुसार पोखरा विश्वविद्यालयसँग सहकार्य गरेर स्नातक नर्सिङ् अंकोलोजिमा पढाई सुरु भएको छ । दोस्रो सत्रका विद्यार्थी अहिले अध्ययनरत छन् । अहिले ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । अस्पतालमा तीनवटा नयाँ रेडियोथेरापि उपकरण थप गरिएको छ भने एउटा पुरानोलाई मर्मत गरि संञ्चालनमा ल्याइएको छ । उनले दैनिक ६० जना हाराहारीले सो सेवा पाउने गरेकोमा अहिले २०० जनाले सुबिधा पाएका छन् ।यसका कारण पालोमा बस्नु नपर्ने भएको छ ।
अस्पतालले अक्सिजन प्लान्ट र फोहोर व्यवस्थापनको काम सुरु गरेको छ । अस्पतालका काउण्टर कृषि बिकास बैङक मार्फत् सञ्चालन गरिएका छन् । अस्पतालको प्याथोलोजिमा नयाँ उपकरण जडान गरिएको छ भने दुई–दुई घण्टामा नतिजा दिनका लागि आकस्मिक प्रयोगशाला संञ्चालनमा ल्याईएको छ । लोक सेवा मार्फत भर्ना र कर्मचारीको वृत्तिबिकासको काम थालिएको छ ।
अस्पतलामा थन्किएका सिटि, एमआरआई, प्लेटलेट फेरेसिस जस्ता उपकरणहरु सञ्चालनमा आएका छन् भने शल्यक्रिया र वहिरंग सेवा दैनिक संञ्चालनमा आएका छन् । उनले भने, ‘यस अघि शल्यक्रिया र वहिरंग सेवा पालो गरेर दिने गरिन्थ्यो । अव पालो कुनु पर्दैन । अस्पतालको मर्मत सम्भार, रङ्ग रोगन, कालोपत्रेको ओभरले जस्ता भौतिक निर्माणका काम सम्पन्न गरिएका छन् ।’ अस्पतालमा बन्दै गरेको भवन सम्पन्न गरि सेवा बिस्तार गरिएको हो । अस्पतालले आफ्नै फार्मेसी सेवा शुरुआत गरेको छ ।
उनका अनुसार दैनिक ३ सय हाराहारीका बिरामीको संख्या ७ सय पु¥याईएको छ भने दैनिक रु ४ लाख हाराहारीको राजस्व रु १५ लाख पु¥याइएको छ । अस्पतलाले बार्षिक रुपमा क्यान्सरका मात्र आठ हजार बिरामीलाई सेवा दिदै आएको छ । गतवर्ष सबै बिरामी गरि १ लाख ४० हजारले सेवा लिएको अस्पताललले जनाएको छ ।
नेपालका ७७ जिल्ला र भारतीय सिमा क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । चिनिया सरकारको सहयोगमा सो अस्पताल बनेको हो । अस्पतालमा हाल चिनिया १५ जना विशेषज्ञ चिकित्सक सहित ७ सय हाराहारी चिकित्सक,स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन् ।
अस्पतालमा उप–कार्यकारी निर्देशक हुँदाहुँदै हालै मात्र अध्यक्ष भएका डा. निर्मल लामिछाने अस्पतालको आन्तरिक विकास र व्यवस्थापनमा आमूल परिवर्तन आएको बताउँछन् । जसका कारण बिरामीले नीजिमा धाउनु नपर्ने भएको र छोटो समयमा नतिजा प्राप्त गर्न सफल भएको उनको भनाई छ । न्यून शुल्कमा उपचार हुने भएकाले धेरैको आकर्षण क्यान्सर अस्पतालमा छ ।
क्यान्सर सेवा समाजका सल्लाहाकार संयोजक श्यामप्रसाद लामिछाने अस्तव्यस्थ वनेको क्यान्सर अस्पतालले गति लिएको जानकारी दिन्छन् । आर्थिक रुपमा सम्पन्न नभएका बिरामीको पनि उपचार गर्ने अस्पताल भएकाले यसको छुट्टै महत्व भएको उनी बताउँछन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमवहादुर परियारले अस्पताल अहिले सुधारात्मक ढङ्गबाट अघि बढेको बताए । अस्पताल सेवाका बारेमा जिल्लाका सबैले चिन्ता व्यक्त गरेका थिए ।
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ धारासायी बनिसकेको अस्पतालको प्रशासनिक, भौतिकसँगै उपचारका सेवाहरु सबैमा आमूल परिवर्तन आएको बताउँछन् । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एसियाकै नमुना अस्पताल बनाउने संकल्पका साथ स्थापना गरिएको हो । धारासायी हुनबाट बचेर सुधारको बाटोमा अघि बढे पनि अझै थप व्यवस्थित गरि सुबिधा दिनुपर्ने सर्वसाधारण बताउँछन् ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑