• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

क्वारेन्टाइनमा बस्न नपाउँदै नदीमा बेपत्ता

खप्तड मालिका न्युज August 19, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ ।
कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै नेपाल आएको थियो । शनिबार बाजुरा जिल्लाबाट मुगु जिल्ला जोड्ने प्रवेश नाका झुगला पुगेपछि क्वारेन्टाइनका कर्मचारीले उनीसँगै आएका जुम्लाका १८ जनालाई जुम्लातर्फ र मुगुका ३० मध्ये सोरु गाउँपालिकाका १७ जनालाई सोरुतर्फ पठाएको थिए । बाँकी रहेका खत्याड गाउँपालिकाका १३ झुगलामै रहेको खत्याड गाउँपालिकाको क्वारेन्टाइनमा बसाउन खोज्दा त्यहाँ बस्न नमानेपछि आइतबार पालिकाका अन्य क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने सल्लाहअनुसार उनीहरु त्यहाँ रहेको पालमा बसेका थिए ।
“आइतबार बिहान ११ बजे पालमा बसेकामध्ये विकका दाजुसहित तीन जना नुहाउन गएका थिए, विक नदीमा बेपत्ता भएपछि उनका दाजु र अर्का व्यक्ति दौडँदै कर्णाली नदीमा बेपत्ता भएको खबर गराएका थिए”, गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलाले भने ।
कर्णाली नदीको छेउमा विकका कपडा भेटिएको र नुहाउँदा दाजुसमेत सँगै भएकाले विक नदीमा बेपत्ता भएकै हुनसक्ने अनुमान गरिएको छ । विकलाई खोज्न नदी किनारमा बाजुरा, कालीकोट र मुगुका प्रहरी खटिएका छन् । नुहाउँदा बेपत्ता भए वा आइतबारदेखि क्वारेन्टाइनमा बस्नुपर्छ भनेर लुगा छोडी कतै भागे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।
बाँकी १२ जनालाई अहिले झुगलामा रहेको खत्याड गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । नेपालतर्फका नाका केही खुकुलो भएकाले भारतमा रहेका मुगाली ठूलो सङ्ख्यामा आउन सक्ने भएकाले अब केही जोखिम हुनसक्ने स्थानीय प्रशासनले अनुमान गरेको छ ।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑