• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

काठमाडौँ उपत्यकामा विस्तारित सडक निर्माणको काम शुरु

खप्तड मालिका न्युज August 19, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु भएको छ । कतिपय सडकमा कालोपत्र त कतिपयमा आवश्यक संरचना निर्माण थालिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
ढोहाहिटी–लेले, कर्मनाशा खोला–गोदावरी कुण्ड, इमाडोल–लामाटार र जोरपाटी–सुन्दरीजल सडकमा निर्माण शुरु भएको हो । यी सडकमा रुख काट्ने, ह्विमपाइप हाल्ने, पर्खाल र पैदल यात्रु मार्ग निर्माणगायतका काम भइरहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । निर्माण सामग्री र जनशक्ति उपलब्ध सडकमा नै निर्माण अघि बढिरहेको उनले बताए । उनले भने, ‘धेरै जनशक्ति नचाहिने र उपलब्ध सामग्रीबाटै गर्न सकिने काम भइरहेको छ ।’
चापागाउँ–ढोलाहिटी सडकमा दुईवटा ठेक्कामध्ये एउटामा काम भइरहेको र अर्कोमा नभएको आयोजनाले जनाएको छ । टाखेलबाट लेलेसम्मको खण्डमा अहिले आवश्यक पूर्वाधार निर्माण भइरहेको उनले बताए । यहाँ सडक निर्माणका लागि भित्ता खन्ने र आवश्यक स्थानमा पुर्ने काम भइरहेको छ । यो वर्ष लक्षित गरिएको जति भने गर्न नसकिने उनले बताए । उनले भने, ‘उपलब्ध जनशक्ति र साधनले जति सम्भव हुन्छ त्यति नै काम भइरहेको हो ।’
सुन्दरीजल–जोरपाटी सडकमा दुईवटा ठेक्कामध्ये दुवैमा काम भइरहेको छ । यो सडकमा पनि संरचना निर्माणकै काम बढी भइरहेको छ । यहाँ रुख हटाउने, हिमुपाइप राख्ने, पैदल यात्रु मार्ग निर्माणलगायतका काम अघि बढेको प्रमुख अधिकारीले बताए । यस सडकमा ६७ रुख हटाउनुपर्ने भए पनि अहिलेसम्म ५८ रुख मात्रै हटाइएको छ । नौ रुख विद्युत्को तारका कारण हटाउन सकिएको छैन । रुख हटाउनका लागि विद्युत् प्राधिकरणलाई पत्राचार गरिएकामा प्राधिकरणले ‘सट डाउन’ गर्नुपर्ने भए पनि अहिले गर्न नसकिने बताएको थियो । उनले भने, ‘अहिले लकडाउनका समयमा धेरैले अनलाइन कक्षा सञ्चालन गरिरहेकाले सट डाउन गर्न नसकिने प्राधिकरणले भनेको छ ।’
निर्माणाधीन इमाडोल–लामाटार सडकमा तीन ठेक्कामध्ये अहिले दुई ठेक्कामा काम भइरहेको छ । यो सडकमा पनि ह्विमपाइप बिच्छाउने काम भइरहेको छ भने गोदावरी सडकमा पैदलयात्रु मार्ग निर्माणकै काम भइरहेको छ ।
अहिले भइरहेकै सामग्री र जनशक्तिबाट निर्माण भइरहे पनि जनशक्ति र निर्माण सामग्री थप्न सकिने अवस्था छैन । डिभिजन सडक कार्यालय काठमाडौँले ‘ओभर ले’ शुरु गरेकामा अहिले निर्माण सामग्री नहुँदा निर्माण अघि बढिरहेको छैन । विस्तारित सडकमा पनि सडक पूर्णरुपमा काम गर्न निर्माण सामग्रीको अभाव रहेको छ । ललितपुरको लेले र काभ्रेपलाञ्चोकको दोलालघाटबाट निर्माण सामग्री ल्याइने गरेकामा अहिले सामग्री ल्याउन नसकिएको प्रमुख अधिकारीले बताए ।
त्यस्तै, कतिपय जनशक्ति पनि काम नहुँदा केही समय पहिले घर फर्किएका थिए । उनले भने, ‘काठमाडौँमै रहेका कामदारलाई काम लगाए पनि अहिले जिल्लाबाट ल्याउन सकिने अवस्था छैन ।’ आयोजनाले चालु आवमा झण्डै आठ किमी सडक कालोपत्र र २५ किमी सडकमा पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको थियो । आंशिकरुपमा काम भइरहे पनि लक्ष्यअनुसार गर्न नसकिने उनले बताए । शुरु भएका ठेक्कामा पनि निर्माण सामग्रीको अभावसँगै यातायातको पनि समस्या रहेको छ । उनले भने, ‘हामीलाई आवश्यक मात्रामा पास उपलब्ध भइरहेको छैन ।’
सरकारले विसं. २०७२ मा उपत्यकामा १० सडक विस्तार शुरु गरेको थियो । आयोजनाले काठमाडौँमा चार, ललितपुरमा पाँच र भक्तपुरमा एउटा सडक र दुई पुलको निर्माण शुरु गरेको थियो । तीमध्ये त्रिपुरेश्वर–कङ्की–नागढुङ्गा सडक निर्माण सम्पन्न भएर आवश्यक मर्मतको काम भइरहेको छ । चाबहिल–साँखु सडकमा पनि थोरै सडक मात्रै कालोपत्र बाँकी छ । निर्माणाधीन दुई पुलमध्ये बिजुलीबजारस्थित धोबीखोला पुल केही महिना पहिले नै निर्माण सम्पन्न भएर सञ्चालनमा छ भने तीनकुनेस्थित वाग्मती पुल अझै अलपत्र अवस्थामा छ ।
पहिले साबिक छ÷सात मिटरसम्म चौडाइ रहेको सडकलाई २० देखि २२ मिटर चौडा बनाउने गरी ठेक्का सम्झौता भएको थियो । त्यतिबेला निर्माणस्थल खाली गराउँदै काम गर्ने भन्दै सरकारले ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म पनि कतिपय स्थानमा निर्माणस्थल खाली हुन सकेको छैन ।
विस्तारका क्रममा रहेका अधिकांश स्थानमा सडकसँगै घर भएका स्थानीयवासीले सरकारसँग घर र जग्गा दुवैको मुआब्जा मागेका छन् । सडकलगायत कुनै पनि पूर्वाधार निर्माण गर्दा जग्गाको मुआब्जा दिने नियम छैन । मुआब्जा विवादसँगै सडकमा रहेका रुख, बिजुलीको खम्बालगायत संरचना हटाउन लामो समय लागेकाले पनि ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑