• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

जुनारमा असिना र औँसाः किसानको आशामा निराशाको बादल

खप्तड मालिका न्युज August 19, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । अनुकूल मनसुनका कारण ढकमक फूलसँगै प्रशस्तै दाना लागेपछि उत्पादन राम्रो हुने आशा बोकेका जुनार किसानको सपनालाई केही दिन अघि परेको असिनाले क्षणभरमै चकनाचुर तुल्याएको छ ।
कोभिड– १९ को जोखिम नियन्त्रणका लागि गरिएको ‘लकडाउन’कारण जिल्ला र स्थानीय तहमा किटनाशक औषधिको अभावले केही वर्षदेखि प्रकोपका रुपमा देखिएको औँसाले बाँकी फललाई पनि सखाप पार्ने हो कि भन्ने अर्को चिन्ताले अहिले किसानलाई सताएको छ ।
तीनकन्यामा व्यावसायिक जुनारखेती गर्दै आएका लोकबहादुर आलेमगर भन्छन्, ‘अनुकूल मनसुनले फूल र दाना राम्रो देखियो, यस वर्ष धेरै फल्छ कि भन्ने लागेको आशलाई केही दिनअघि परेको भारी असिनाले क्षणभरमै निराशामा बदल्यो, आधा चिचिला झा¥यो, टुट्टामा पा¥यो, बाँकी फललाई पनि औँसाले खत्तम पार्ने हो कि भन्ने चिन्ता छ ।’
जुनार खेतिका लागि अनुकूल हावापानी भएकाले सिन्धुलीको महाभार क्षेत्रलाई सरकारले चार वर्षअघि सुपर जोन घोषणा गरी जुनार उत्पादन क्षेत्र विस्तार र रोग नियन्त्रणलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यहाँको गोलञ्जोर गाउँपालिकाका रचनचुरा, जलकन्या, तिनकन्यालगायत क्षेत्र गुणस्तरीय जुनार उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । त्यस क्षेत्रमा गुणस्तरीय उत्पादनका लागि नर्सरी स्क्रिन हाउससमेत स्थापना गरिएको छ ।
कृषक मगरले १८ रोपनी क्षेत्रफलमा लगाइएका ५०० बोट जुनारबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । परम्परागत खेती कोदो, फापर, गहुँ, जौ र आलुखेती गर्दै आएका त्यस क्षेत्रका किसान व्यावसायिक जुनारखेतीमा प्रवेश गरेसँगै जीवनस्तर उकास्न ठूलो योगदान पु¥याएको छ ।
जिल्लामा वार्षिक १० हजार टनभन्दा बढी जुनार उत्पादन हुँदै आएको छ । त्यहाँको महाभारत इलाकाको १०० किलोमिटर क्षेत्र जुनार, सुन्तला, कागती र निबुआका लागि उर्भरभूमि मानिन्छ । जुनारको एउटा बोटबाट एक हजारदेखि एक हजार ५०० सम्म फल उत्पादन हुन्छ भने एउटा नर्सरी बिरुवालाई १२५ मा बिक्री भइरहेको छ । सिन्धुली जिल्लाबाट मात्र वार्षिक रु २० करोड मूल्य बराबरको जुनार बिक्री हुँदै आएको छ ।
चिचिला मात्र होइन, हाँगैसमेत स्वोत्तर
जिल्लाका चार हजारभन्दा बढी घरपरिवार अहिले व्यवसायी जुनारखेतीमा संलग्न छन् । किसानलाई बेलाबखतमा देखापर्ने विभिन्न रोग किराको प्रकोपबाट बोटबिरुवा र फल जोगाउने चिन्ताले भने सधैँ सताइरहन्छ । अरु अन्नबालीको तुलनामा सजिलो र बढी आम्दानी हुने तथा स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गर्न पाएकामा त्यसमा संलग्न किसान व्यवसायप्रति सन्तुष्टि व्यक्त गर्छन् ।
जुनारका लागि वर्षमा दुई पटक मल हाल्नुपर्छ भने चारपटक औषधि छर्कनुपर्छ । मल प्रतिडोका रु १०० मा किनेर हाल्नुपरेको किसान बताउँछन् । किसानले रोग नियन्त्रणका लागि औषधिका किन्न अग्रिमरुपमा रकम जम्मा गरेर परियोजनालाई उपलब्ध गराउँदै आएका छन् । कृषि बीमा कार्यक्रम प्रभावकारी नभएका कारण पनि जुनार किसान मारमा परेका हुन् ।
जुनार र सुन्तलाको व्यवसाय खेती गर्दै आएकी कृषक देवकुमारी ठकुरी भन्छिन्, ‘लगातार परेको असिनाले जुनारका चिचिला लग्यो, किसान निराश छ, हाँगैसमेत भाँचेर स्वोतर बनाएको छ, ठूलो समस्या भो, ३० वर्ष लगाएर हुर्काएर बोट खतम भए । हामी अहिले विचल्लीमा परेका छौँ ।’ ठकुरीले पोहरसाल ११ लाख बराबरको जुनार सुन्तला बिक्री गरेका थिए । त्यस क्षेत्रका किसानले जुनारको गोडमेल, मल हाल्ने र टिप्ने कार्यमा संलग्न गराई स्थानीयवासीलाई ठूलो राजगारी प्रदान गर्दै आएका छन् ।
प्रकोप सिन्धुलीमा विषादी काठमाडौँमा
उनी भन्छिन्, ‘बाँकी फल पनि जोगाउन मुस्किल होला जस्तो छ, मुलुकमा लकडाउन छ, औँसा बगैँचामा सलबलाउन शुरु गरिसके, रोग किरा नियन्त्रण गर्ने औषधि काठमाडौँमा छ, यसको कसरी व्यवस्थापन गर्ने भन्ने किसानमा पिरलो परेको छ ।’
बिजुको तुलनामा कलमी बोटको सुनौलो रङ्गको जुनार गुणस्तरीय मानिन्छ । रतनचुरा चिसापानीका योगेन्द्र थापाको बगँैचामा ६०० सम्म जुनारको बोट छ । जिल्लामा वार्षिकरुपमा एक लाखभन्दा बढी मूल्यको जुनार बिक्री गर्ने किसानको सङ्ख्या हजारभन्दा बढी छ ।
जुनार सुपरजोन परियोजना प्रमुख देवराज अधिकारी भन्छन्, ‘यस वर्ष जुनारको फूल रामै्र फुलेको थियो, असिनाले ५० प्रतिशत साना दानामा क्षति पु¥याएको छ, बाँकी रहेकालाई बचाउन सकियो भने पनि ठूलै उपलब्धि हुन्छ ।’
त्यस क्षेत्रमा किसानले सञ्चालन गरेका सहकारी कृषकको हितमा प्रभावकारी देखिएका छन् । त्यस्ता सहकारीमा आबद्ध हुने किसानको सङ्ख्या दुई हजारभन्दा बढी छ । औंसाले अघिल्ला वर्षमा ४० प्रतिशतसम्म क्षति पु¥याएकामा किरा नियन्त्रण कार्यक्रमपछि क्षति घटेर १५ प्रतिशतमा झरेको जानकारी दिँदै उनी भन्छन्, ‘किरा नियन्त्रणका लागि विषादी वैशाख अन्तिमभित्र छर्नुपर्छ, विषादि काठमाडौँबाट ल्याउन पहल र प्रयास गरिरहेका छौँ ।’
सातसयदेखि बाह्रसय मिटरसम्मको हावापानीमा फस्टाउने जुनारखेती सिन्धुली, रामेछाप, उदयपुर, धनकुटा, भोजपुर र ओखलढुङ्गामा निकै राम्रो सम्भावना छ । पछिल्ला वर्षमा सिन्धुलीका जुनार काठमाडौँ र तराई जाने यात्रुका लागि कोसेली बनिरहेको छ ।
उद्योग त छ तर विडम्बना छ
चीनले सिन्धुलीका उत्पादित जुनार निर्यात गर्न सम्झौता गरिरहेको छ । आन्तरिक बजार पनि राम्रो रहेको हुँदा मुलुकको आयात निर्यातबीच सन्तुलन कायम गर्न जुनार विकल्प बन्न सक्छ । त्यसका लागि जुनार खेतीको विकास र विस्तार गर्नुपर्ने विज्ञको सुझाव छ । जुनार उत्पादन कार्तिकदेखि फागुनसम्म हुने भए पनि मंसिर र पुस महिनाभित्र बढी उपयुक्त मानिन्छ ।
सिन्धुलीका जुनार जनकपुर, विराटनगर, पोखरा र काठमाडौँको अतिरिक्त भारतको विहारसम्म बिक्री हुँदै आएका छन् । त्यहाँका जुनार मौसमअनुसार, प्रतिकिलो रु ६० देखि १८० सम्म बिक्री हुने गरेको छ । जुनार भण्डारणका लागि सिन्धुलीमा ५०० मेक्ट्रिकटन क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ । त्यहाँ उत्पादित जुनारको जुस बनाउने सोचका साथ स्थापना गरिएको उद्योग विडम्बना नै भन्नुपर्छ अझैसम्म सञ्चालनमा आउन सकेको छैन । अत्यन्त न्यून ज्यालामा मजदूरीका लागि विदेशी भूमिमा पसिना बगाइरहेका युवालाई स्वदेशमै रोजगारी दिन र फलफूलमा आत्मनिर्भर तुल्याउन जुनारको व्यावसायिक खेती विस्तार विकल्प हुन सक्छ ।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑