
सर्मिला रोकाया

कोल्टी,बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिमा जलपर्यटनको सम्भाब्यता अध्ययन गरिएको छ ।

हिजो एक कार्यक्रमका विच जल पर्यटन संग सम्वन्धीत विज्ञहरुको टोलीले जगन्नाथ गाउँपालिकाको क्षेत्रमा बग्ने कर्णाली नदीमा जलयातायात र शाहसिक पर्यटनका लागि सम्भाब्यता अध्ययन कार्य सम्पन्न गरिएको हो । हिजो जगन्नाथ गाउँपालिका वडा नं २ का वडाध्यक्ष कटक विष्टको अध्यक्षता एक कार्यक्रमको आयोजना गरी जलपर्यटनको सम्भाब्यताको अध्ययन कार्य सम्पन्न गरीएको बताइएको छ । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाही प्रमुख अतिथि रहेको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ऐना गरी रहनुभएको थियो । वडाध्यक्षहरु डम्वर शाही, प्रकाश शाही लगायत जल विज्ञ महेन्द शारु, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण जोशी लगायत अतिथि रहनुभएको थियो । कर्णाली नदीमा स्वामीकार्तिक गाउपालिकाको वडा नं एकको भेसाँ क्षेत्रमा पहिरोले कर्णाली नदी थुनिदा ताल बनेको र सो क्षेत्रमा जेड बोर्ड पनि सञ्चालन गर्न सकिनेमा समेत अध्ययन गरिने बताइएको छ । गाउँपालिकाका अध्यक्ष शाहीले जलपर्यटनको सम्भावना राम्रो देखिएमा आवश्यक निती र कार्यक्रम बनाएर यस कार्यलाई अघाडी बढाउने बताउनुभएको छ । हिजो जगन्नाथ गाउँपालिकाको आयोजनामा पिलुचौर देखि जुड्डी सम्मको अवस्थाको अध्ययन गरिएको जसको संयोजन राराकैलाश टुर्स एण्ड कर्णाली ट्ेल नेपालले गरेको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर