• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

खप्तड मालिका न्युज April 30, 2026 मा प्रकाशित (४ घण्टा अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा: नयाँ शैक्षिक शत्र सुरु भए संगै बाजुरामा समेत भर्ना अभियानलाई तिब्र पारिएको छ।जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक तथा संस्थागत विद्यालयहरूले भर्ना अभियानलाई तिब्र बनाएका हुन्।

यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थी भर्ना संगै पाठ्यपुस्तक वितरण कार्य समेत थालनी गरेका हुन्। अधिकांश विद्यालयहरुले साेही दिन विद्यार्थी भर्ना संगै पाठ्यपुस्तक हस्तान्तरण गर्ने गरेका छन्।यसअघि वर्षहरुमा नयाँ भर्ना अभियान २ वैशाख देखि नै सुरु हुँदै आएको थियो।

तर बालेन शाह नेतृत्वको सरकारले वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न भन्दै १५ वैशाख देखि विद्यालयमा भर्ना अभियान सुरु गर्ने निर्णय गरेको थियो।साेही निर्णयलाई आत्मसाथ गर्दै बाजुराका विद्यालयहरुले समेत भर्ना अभियान सञ्चालन गरेका हुन्।

भर्ना संगै विद्यार्थीहरुले हातहातमा पाठ्यपुस्तक पाउँदा उनीहरुकाे शिकाई क्षमतामा अभिवृद्धि हुने मालिका नमुना मावीका प्राचार्य शुभराज पाध्यायले बताए।उनले समयमै प्राप्त पाठ्यपुस्तकले विद्यार्थीकाे शैक्षिक गुणस्तरमा समेत सकारात्मक सुधारले ल्याउने बताएका हुन्।

विद्यार्थीहरुकाे नियमित उपस्थिति,उनीहरुकाे पढाई प्रतिकाे माेह र सिकाई प्रक्रिया प्रभावकारी बनाउन सहयाेग पुग्ने कुरामा जाेड दिए।साथै उनले विद्यार्थीहरुलाई नियमित उपस्थिति र गुणस्तरीय शिक्षमा ध्यान दिन समेत आग्रह गरे।

भर्नासंगै हातमा पाठ्यपुस्तक पाउँदा खुसी लागेकाे मालिका नमुना मावी कक्षा १० मा अध्यनरत विद्यार्थी सुशील थापाले
बताए ।उनले अघिल्ला बर्षहरुमा समयमै पाठ्यपुस्तक नपाउँदा समस्या हुने गरेकाे गुनासाे गर्दै याे बर्ष भर्ना संगै हातमा पाठ्यपुस्तक पाउँदा यसले अध्ययनमा सहज हुने विश्वास व्यक्त गरे।

त्यस्तै अर्का विद्यार्थी आयुस तिमिल्सेनाले समयमै किताब पाउँदा पढाईलाई निरन्तरताका दिनुका साथै सिकाई निरन्तर र पढ्न प्रेरणा मिल्ने बताए ।पहिलेका वर्षहरूमा भर्ना अभियान प्रक्रिया सकिएपछि पनि लामो समयसम्म पाठ्यपुस्तक नपाउँदा यहाँका विद्यार्थीहरुले पढाईबाट प्रभावित हुने गरेको थिए।

सरकारले बाजुरासहित हिमाली तथा पहाडी जिल्लालाई बिषेष प्रथामिकतामा राखेर समयमै पाठ्यपुस्तक पुर्याउने लक्ष्य राखे संगै सोही अनुरुप बाजुरासहित अन्य सुदुरका जिल्लाहरुमा यस बर्ष समयमै पाठ्यपुस्तक पुगेका हुन्।जिल्लामा २ सय ३७ ओटा सामुदायिक विद्यालयहरु सञ्चालनमा छन्।भने केही निजि विद्यालयहरु समेत छन्।

भर्ना संगै पाठ्यपुस्तक हस्तान्तरणले विद्यार्थीकाे अध्ययनमा सहज हुने शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ।कार्यालयका अनुसार,विद्यालयहरुले विद्यार्थी भर्ना संगै पाठ्यपुस्तक वितरण गर्न थालेकाे जनाएको छ।

यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने अपेक्षा समेत लगिएकाे छ।बाजुराका ग्रामिण भेगमा विद्यालयहरुले घरदैलाे अभियान,अभिभावक भेटघाट र प्रचार-प्रसार मार्फत विद्यार्थी भर्ना गरिरहेका छन्।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑