• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 19, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा नेटवर्क संकट चुलिदैँ,सम्पर्कविहिन जस्तैः गाउँहरु

खप्तड मालिका न्युज April 18, 2026 मा प्रकाशित (१४ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरामा फाेन नेटवर्क संकट चुलिदैँ गएकाे छ।पछिल्लो समय बाजुराका ९ वटै स्थानीय तहमा नेपाल टेलिकमको फाेन नेटवर्कमा गम्भीर समस्या देखिएकाे हाे।उक्त समस्याका कारण यहाँका नागरिकले सञ्चार सेवाबाट समस्या भाेग्नु परेकाे छ।

जिल्लाका अधिकांश स्थानमा फोन सेवा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा यहाँको दैनिक जनजीवन प्रभावित बन्दै गएकाे हाे।जिल्लामा पछिल्लो दुई तिन महिना यता देेखि नेपाल टेलिकमकाे फाेन नेटवर्कमा गम्भीर खरावी देखिदैँ आएकाे छ।

फोन लाग्ने,आवाज नसुनिने,कुराकानीकै बीचमा फोन काटिने र आवाज समेत काटिएर आउँने जस्ता समस्या देखिन थालेका हुन्।फाेन समस्या मात्र नभई फाेरजी सेवा समेत प्रभावित बन्ने गरेकाे हाे।दुर्गम गाउँबस्तिमा भने याे समस्या झनै विकराल बन्दै गएकाे छ।

बडीमालिका नगरपालिका वडा नम्बर-७ का स्थानीय प्रेमलाल पाध्यायका अनुसार,नेकवर्कले काम नगर्दा फाेन गर्न समेत समस्या भईरहेकाे जानकारी दिए।उनले भने, “नेटवर्क राम्रोसँग आउदैन्।फाेन लाग्छ तर आवाज सुनिँदैन, कुराकानी गर्दागर्दै विचमै काटिन्छ।आपतकालीन अवस्थामा सम्पर्क नहुँदा झनै गाह्राे हुने गर्छ ।”

त्यस्तै बाजुराकाेे हिमाली गाउँपालिकाका स्थानीय जयकृष्ण पाण्डेले नेटवर्कले काम नगर्दा सास्ती भाेग्नु परेकाे गुनासाे गरे।सिंगाे पालिकाभर माेबाईल नेटवर्क संगसंगै फाेरजी सेवा समेेत प्रभावित हुँदा एक-आपसमा सम्पर्क गर्न समस्या भईरहेकाे उनले जानकारी दिए।

कार्यालयमा जिल्लाभर फाेन नेटवर्कमा समस्या भईरहेकाे जन-गुनासाे दिनहुँ आउँने गरेकाे नेपाल टेलिकम दुरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर बहादुर सिंहले बताए।उनले जिल्लामा फाेन नेटवर्क र फाेरजी सेवामा समस्या भएको स्वीकार गरेका छन्।साथै कतिपय टावर विद्युतकाे पहुँचमा नहुँदा नेटवर्कमा समस्या भईरहेकाे उनले जानकारी दिए।

उनले भने,“जिल्लामा २७ वटा टेलिकम टावर सञ्चालनमा छन्।ती मध्ये कतिपय टावरमा विद्युतकाे सुविधा छैन्।८ वटा टावरमा मात्रै स्थानीय लघु जलविद्युत छ।अरु बढिजसाे साेलारबाट सञ्चालनमा छन्।धेरै टावरमा साेलार मात्रै हुँदा यस्तो समस्या उत्पन्न भएको हाे।”

सदरमुकाम मार्तडीमा रहेको १७ मिटरको टावर सानो हुँदा केही समस्या देखिएकाेले नयाँ निर्माण भएको ५० मिटरको टावर केही दिन भित्रै जडान सम्पन्न भएपछि यस्तो समस्यामा कमी आउँने कार्यालय प्रमुख सिंहले बताए।साथै उनले जिल्लाका विभिन्न टेलिकम टावरमा नयाँ यन्त्र, उपकरण थप गरेर लगत्तै यस्तो समस्या समाधान गरिने जानकारी दिए।

सम्पर्कविहिन जस्तैः गाउँहरु?

अहिले जिल्लामा राम्रोसँग नेटवर्कले काम नगर्दा बाजुराका गाउँबस्ती सम्पर्कविहिन जस्तै: बनेका छन्।दुर्गम गाउँबस्ती झनै सञ्चार सुविधाबाट टाढीँएका छन्।बाजुराकाे पूर्वि उत्तरी क्षेत्रमा सञ्चार सेवाकाे निकै असुविधा रहेकाे छ।

बाजुरालाई दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा अनुसार १७ वटा ठाउँमा नयाँ टावर राख्न सर्भे गरिएको टेलिकम कार्यालय बाजुराले जनाएको छ।कतिपय सम्पर्कविहिन गाउँलाई नेटवर्ककाे पहुँचमा पुर्याउन यस्तो याेजनाकाे थालनी गर्न लागिएको बताईएकाे छ।

बाजुराका ९ वटै स्थानीय तहका नागरिकहरूले फोन नेटवर्कको समस्या झेलिरहेका छन्।सदरमुकाम मार्तडी क्षेत्रसँगै जिल्लाका भौगोलिक रूपमा विकट अति दुर्गम गाउँबस्तीहरुमा फोन नलाग्ने,लागे पनि आवाज नसुनिने र फोरजी सेवा समेत नचल्ने जस्ता समस्या यथावत् छन्।जसले गर्दा दुर्गम गाउँबस्ती सम्पर्कविहिन जस्तै: बनेका छन्।

बाजुराकाे एउटा अर्को नेपालकाे रुपमा परिचित गुम्बा गाउँ, जहाँ स्थानीयले फाेन गरेर कुराकानी गर्नु त टाढाकाे कुरा हाे,फाेनकाे अनुभूती गर्न समेत पाएका छैनन्।हिमालीकाे १, २ र ३ मा सञ्चारकाे निकै असुविधा छ। बिच्छ्याको कोट गाउँमा बनेको बिच्छ्या टावर समेत विग्रेपछि बिच्छ्याबासी फोन नेटवर्कको समस्या भोगिरहेका छन् ।

त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिका,जगन्नाथ र बुढिनन्दाका नगरपालिकाका विभिन्न गाउँबस्ती नेटवर्क समस्याबाट ग्रसित छन्। बाजुराका धेरैजसो टावरमा सोलावर मात्रै हुँदा घाम लागेपछि राम्रोसँग नेटवर्क आउने र घाम नलागे फोन नै नलाग्ने समस्या रहेकाे छ। धेरैजसाे गाउँबस्ती भौगोलिक रूपमा विकट हुँदा नेटवर्ककाे समस्या हुने गरेकाे टेलिकम कार्यालय बाजुराकाे ठहर छ।

बुढीगंगा,त्रिवेणी र खप्तड छेडेदहमा समेत पछिल्लो समय नेटवर्कले काम नगर्ने समस्या छ।गाैमुल,बडीमालिका समेत नेटवर्ककाे समस्या रहेकाे स्थानीयले गुनासाे पाेखेका छन्।प्रत्येक पालिकाका विभिन्न स्थानमा टावर भए पनि केहीमा विद्युत् नहुँदा र केहीमा क्षमताभन्दा बढी प्रयोगकर्ता हुँदा फोन नेटवर्कको समस्या देखिएको टेलिकमकाे भनाई छ।

जिल्लाका विभिन्न स्थानमा नयाँ टावर जडान,यन्त्र उपकरण थप,पावर क्षमता वृद्धि लगायतका कार्य गरे फाेन नेटवर्क र फाेर जी सेवा समस्या समाधान हुने टेलिकम बाजुराले जनाएको छ।यसकाे लागी प्रक्रिया अघि बढिसकेकाे र क्रमश:समस्या समाधान हुने कार्यालयले जनाएको छ।

सम्बन्धित पोस्ट
  • पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
  • नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै
  • गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
  • पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

    नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

    गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

    समाचार

    पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

    नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

    गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

    बाजुरामा नेटवर्क संकट चुलिदैँ,सम्पर्कविहिन जस्तैः गाउँहरु

    पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑