
बाजुरा:बाजुरामा यो बर्ष समयमै पाठ्यपुस्तक पुगेका छन्।शैक्षिक सत्र सुरु नहुनु अगावै बाजुरामा पाठ्यपुस्तक पुगेका हुन्। अघिल्ला केही बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने बाजुरामा पछिल्ला दुई तीन बर्षहरुमा भने समयमै पाठ्यपुस्तक पुग्ने गरेका छन्।

जिल्लाका बिभिन्न बितरण केन्द्रमा समयमै पाठ्यपुस्तक पुगिसकेका छन् ।पहिलेका बर्षहरुमा बर्ष वितिसक्दा समेत पाठ्यपुस्तक नपुग्ने बाजुरामा अघिल्ला दुई बर्ष र याे बर्षमा भने समयमै किताब पुगेका हुन्।समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीहरू समेत निकै खुशी देखिएका छन्।
जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीको संख्याका आधारमा शैक्षिक सत्र २०८३ को लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको निर्णय बमोजिम नै पाठ्यपुस्तक आएको शिक्षा विकास तथा समन्वय इकार्ई बाजुराका प्रमुख लाल बहादुर बिष्टले जानकारी दिए।
सदरमुकाम मार्तडीमा अहिले बडिमालिका,गौमुलका केहि बिद्यालय बुढीगंगा र खप्तड छेडेदहको केही विद्यालयकाे लागी आबश्यक पाठ्यपुस्तक जिल्ला सदरमुकाम मार्तडी आइपुगेको पाठ्यपुस्तक विक्री केन्द्र डेल्टा एण्ड करुणा पुस्तक पशलका संञ्चालक नृप बहादुर खातीले बताए।
‘जिल्लाका सामुदायिक बिद्यालयको लागी आवश्यक पाठ्यपुस्तक बिक्री केन्द्रमा आईसकेका छन्।’उनले भने,‘ बाजुराका सबै पाठ्यपुस्तक विक्री केन्द्रमा पुस्तक पुगेर विक्रिवितरण कार्य चलेकाे छ।पर्याप्त पाठ्यपुस्तक आएकाे हुँदा पुस्तककाे कमी हुने छैन्।सम्पूर्ण विद्यालयले समयमै विक्री केन्द्रमा आएर आवश्यक पाठ्यपुस्तक लिई सहयाेग गर्न अनुराेध छ। ’
साथै उनले आफ्नाे विक्री केन्द्रबाट हालसम्म ११ बढि विद्यालयले पुस्तक लगेकाे बताउँदै पाठ्यपुस्तक विक्रिवितरण कार्य निरन्तर रहने जानकारी दिए।समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीहरुलाई भर्ना संगसंगै हातमै पुस्तक दिन सहज हुने बालमन्दिर आधारभूत विद्यालयका शिक्षक कटक बहादुर राेकायाले बताए ।
पछिल्लो दुई शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीकाे सिकाई र शिक्षा क्षेत्रमा समेत सुधार भएको उनकाे भनाई रहेकाे छ।शैक्षिक सत्र शुरु हुनु करिब एक हप्ता बाँकी रहे पनि पाठ्यपुस्तक बिभिन्न बिक्री केन्द्रमा पुगेका हुन्।
जनक शिक्षाले समयमै नयाँ शैक्षिक शत्र सुरु हुनु भन्दा पहिले नै मुलुकका विभिन्न वितरण केन्द्रमा पाठ्य पुस्तक पुर्याइसकेको छ।सरकारले बाजुरा सहित हिमाली तथा पहाडी जिल्लालाई बिषेष प्रथामिकतामा राखेर समयमै पाठ्यपुस्तक पुर्याउने लक्ष्य राखेसंगै सोहि अनुरुप बाजुरा सहित अन्य सुदुरका जिल्लाहरुमा समयमै पाठ्यपुस्तक पुगेका छन् ।
जिल्लामा २ सय ३७ ओटा सामुदायिक विद्यालयहरु सञ्चालनमा रहेको जिल्ला शिक्षा तथा समन्वय इकाई बाजुराले जनाएको छ ।जिल्लाका ९ वटै पालिकाका सामुदायिक विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने गरेको भएपनि शैक्षिक गुणस्तरमा भने सुधार नभएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।









खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर