• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराकाे हिमालीका अधिकांश अन्धकार बस्ती करिब आठ महिनापछि पुन: झिलिमिली

धुलाचाैर बजारमा करिब आठ महिनापछि पुन: विद्युत सेवा सञ्चालन: तस्वीर: उमेश राेकाया
खप्तड मालिका न्युज March 23, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा:बाजुराकाे सर्वाधिक विकट हिमाली गाउँपालिकाका अधिकांश अन्धकार बस्ती करिब आठ महिना पछि झिलिमिली बनेका छन्। गत साउन २८ गते बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद्युतको नहर बगेपछि यहाँका अधिकांश गाउँबस्ती अन्धकार थिए।

लामाे समयसम्म अन्धकार बनेका यहाँका अधिकांश बस्तीमा सात महिनापछि पुन: विद्युत सेवा आपूर्ति भएको हाे।विच्छ्या खोलामा आएको बाढीले विद्युत नहरसंगै स्थानीका घरजग्गा बगाएर करोडौँको क्षति समेत गरेकाे थियाे।हिमाली गाउँपालिका र खत्याड गाउँपालिका बिच सम्झौता भई धुलाचौर लगायतका बस्तीमा बिजुली सन्चालनमा आएको हाे ।

अविरल वर्षाका कारण कुवाडी खोला जलविद्युत योजना अवरुद्ध हुँदा गाउँपालिका केन्द्र धुलाचाैर सहित वडा.नम्बर ४ फैति,बाेर्ता, वडा नं ५ रुगिन, नदापाटा र वडा नं ६ धिम बस्तीमा विद्युत सेवा प्रभावित बनेकाे थियाे।७ महिनासम्म यी बस्तीका नागरिक अध्यारोमा दिन विताउँदै आएका थिए।अहिले हिमाली गाउँपालिकाकाे विशेष पहलमा अबरुद्ध विद्युत सेवा सूचारु गरिएको हाे।

विद्युत अवरुद्ध भए यता यहाँका नागरिकले सोलार,टुक्की र मैनबत्ति बाल्ने गरेका थिए। त्यस्तै धुलाचौर बजारमा लामाेसमय देखि बिधुतिय उपकरणहरू नचल्दा व्यापारीहरुलाई व्यवसायमा घाटा व्यहाेर्नु परेकाे थियाे। सात महिनापछि पुन: धुलाचौर‌ बजारमा विद्युतिय सेवा आपूर्ति हुँदा बजार व्यवसायी निकै खुसी भएकाे बजार व्यवसायी गणेश शाहीले जानकारी दिए।

हिमाली गाउँपालिका र खत्याड गाउँपालिका मुगु संग सम्झौता गरेपछि धुलाचौर बजारमा लगायत अन्य गाउँबस्तीमा पुनःविजुली सञ्चालन आएका हाे।सात महिनापछि विजुली बल्दा स्थानीयहरु हर्षित भएका छन्।खत्याड गाउँपालिका मुगु बिधुत सेवा संग हिमाली गाउँपालिकाले सम्झाैता गरेर सेवा विस्तार गरेकाे हाे।

२०८३ असार महिनासम्मका लागि सम्झौता गरेर विद्युत सेवा विस्तार गरिएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताउनुभयो।आवश्यकता अनुसार सम्झौता थप गर्ने समेत उनले जानकारी दिए।विद्युत सेवा विस्तार भएसंगै गाउँपालिका केन्द्र धुलाचाैरमा विजुलीबाट चल्ने मेसिनका साथै दैनिक विद्युतिय कामकाे लागी सहयता भएको गाउँपालिकाले जनाएको छ।

०७८ फागुनमा कवाडी लघुजलविद्युत् परियोजनाले एकसय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा विद्युत सेवाको उपभोग गरिरहेका थिए ।खाेलामा आएकाे बाढीले नहर भत्किए पश्चात् यी सबै घरधुरी सेवाबाट बञ्चित भएका थिए। बाढीले खानेपानी, सडक र अन्य भौतिक पूर्वाधारमा समेत क्षती पुर्याएकाे थियाे।

देशकै अति दुर्गम पालिकाको रुपमा रहेको हिमाली गाउँपालिका पछिल्लो समय विकासको लयमा फर्केका छ ।शिक्षा,स्वास्थ,यातायात, विद्युत, सञ्चार क्षेत्रमा उल्लेख्य प्रगतिसमेत गरेको हाे ।गाउँपालिकाले ‘उज्यालो हिमाली’ अभियान अन्तर्गत कादुरी संस्थाको सहयोगमा १४ करोड रुपैयाँ लागतमा विजुली उत्पादन गरेको छ । जुन अहिले सञ्चालनमा छ ।

बर्षौँदेखि टुकी,झरोको सहायताले अँध्यारोमा रात कटाउदैँ आएका यहाँका स्थानीयको बिजुली बाल्ने सपना क्रमिक रुपमा साकार हुँदै गएकाे गाउँपालिका अध्यक्ष गाेविन्द्र बहादुर मल्लले जानकारी दिए।विभिन्न सहयाेग निकायकाे समन्वयमा गाउँपालिकाका दुई चार गाउँ बस्ती बाहेक अन्य सबै बस्ती विजुलीकाे पहुँचमा रहेकाे अध्यक्ष मल्लकाे भनाई छ।विगत सात महिनादेखि भने यहाँका अधिकांश बस्ती अन्धकार थिए।

धुलाचाैर बजारमा करिब आठ महिनापछि पुन: विद्युत सेवा सञ्चालन: तस्वीर: उमेश राेकाया

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑