
बाजुरा: जिल्ला समन्वय समिति बाजुराले बाजुराका प्रचुर सम्भावना बाेकेका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे पर्यटन,प्रबर्द्धन गर्नकाे लागी प्रदेश तथा संघ सरकारसंग पहल गरिने जनाएको छ।

बाजुरा जिल्लामा अवस्थिति बडीमालिका,बुढिनन्दा, रानीसैन,त्रिवेणी,नाटेश्वरी लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे पर्यटन,प्रबर्द्धनका साथै पर्यटन पूर्वाधारको व्यवस्था गरी दिन सरकारसँग अनुरोध गरिने जनाएको हाे।
आइतबार जिल्ला समन्वय समितिको आठाैँ जिल्ला सभाले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे उजागर गर्न पर्यटन, प्रबर्द्धन,संरक्षण,सम्बर्द्धन तथा पर्यटकीय क्षेत्रका पदमार्ग निर्माणकाे लागी नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
त्यस्तै सभाले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाकाे निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयाेग गर्ने सम्पूर्ण सम्बद्ध निकायलाई धन्यवाद ज्ञापन गरेकाे छ ।साथै जिल्लास्थित अधुरा र अलपत्र याेजनाकाे तथ्यांक संकलकाे लागी पुन: सूचारु गर्न नेपाल सरकार,प्रदेश सरकार र सम्बद्ध निकायमा पेश गर्ने निर्णय समेत गरेकाे हाे।
सभाबाट विभिन्न तेह्र निर्णयहरु सर्वसम्मत पारित समेत गरिएका छन्।त्यसै गरी जिल्ला सभाले समन्वय समितिकाे कार्यालयबाट आर्थिक बर्ष २०८१/०८२ मा भएका काम कार्वाही सम्बन्धी प्रस्तुतीकरणमा छलफल तथा समीक्षा गरि जिससकाे परिभाषित भूमिकालाई प्रभावकारी बनाउन आगामी दिनमा गर्न सकिने र गर्नुपर्ने क्रियाकलाप र सभामा प्रस्तुत आर्थिक बर्ष २०८१/०८२ काे प्रगति प्रतिवेदन अनुमाेदनकाे निर्णय गरेकाे हाे।
अलपकालीन महिला सुरक्षित आवास गृह सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० (संसाेधनसहित) जिल्लामा सञ्चालित अल्पकालीन महिला सुरक्षित आवास गृहकाे बजेट व्यवस्थापनकाे लागी आर्थिक बर्ष २०८२/०८३ मा प्रती पालिका १ लाख ५० हजार दायित्व निर्धारण गर्ने र गत निर्णय भई भुक्तानी गर्न बाँकी रहेका स्थानीय तहले यथाशीघ्र बाँकी रकम अल्पकालीन महिला सुरक्षित आवास गृहकाे बैंक खातामार्फत भुक्तानी गर्ने निर्णय गरिएको निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताए ।
स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी नभएको र आधारभूत सेवा प्रवाहकाे लागी करार सेवामा पदपूर्ति गर्न स्थानीय सेवा ऐनमा संसाेधन तथा नियमावली ल्याई सेवा प्रवाहलाई सहजिकरण गर्न प्रदेश सरकारलाई अनुराेध गर्ने निर्णय गरिएको निमित्त समन्वय अधिकारी पाण्डेले जानकारी दिए।
आठाैँ जिल्ला सभाले जिल्ला अस्पताल बाजुरालाई ५० र काेल्टी आधारभूत अस्पताललाई २५ शैयामा स्तराेन्नती गरि सेवा विस्तारका लागि बजेट व्यवस्था गर्न माग गरिने भएको हाे। काेल्टी एयरपोर्टकाे आधुनिकिकरण र फ्युल सेन्टरकाे व्यवस्था गर्न समेत सरकारसंग पहल गरिने निर्णय गरिएको हाे। कृषि,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा गुणस्तरीय पूर्वाधार निर्माणकाे लागी माग गरिने समेत निर्णय गरेको छ ।
जिल्लामा खेलक्षेत्रकाे विकासका लागी खेल तथा अन्य प्रयाेजनका लागी जग्गा आवश्यक भएकोले जग्गा प्रबन्ध गर्न सर्वदलिय सर्वपक्षीय बैठकबाट आवश्यक निर्णय लिई प्रक्रिया अघि बढाईने,बर्षेनी बडीमालिका र बुढिनन्दा तिर्थस्थलमा लाग्ने मेला व्यवस्था गर्न काेष व्यवस्थापनका लागी प्रदेश सरकारसंग अनुराेध गर्ने लगायतका निर्णय गरिएका हुन्।
कार्यक्रममा सहभागी सभाका सदस्यहरुले समग्र जिल्लाकाे पर्यटन,प्रबर्द्धन,विकास,निर्माण र अन्य सेवा सुविधाका बिषयमा बिशेष पहल गर्न आवश्यक रहेकाे बताएका थिए। बाजुरा जिल्लालाई समस्याकाे मात्र नभई सम्भावनाकाे जिल्लाकाे रुपमा समेत चिनाउन आवश्यक रहेकाे उनीहरुकाे भनाई थियाे।
जिल्ला सभा कार्यक्रममा ९ वटै पालिकाका प्रमुख,उप प्रमुख,अध्यक्ष, उपाध्यक्ष,जिल्ला समन्वय समितिका सदस्य लगायत जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारकाे सहभागितामा रहेकाे थियाे ।
निर्णयहरु…..








खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर