
वाशुलिङ बैतडी : बैतडीको झ्याउलेक मोडस्थित जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।

नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सु।प।प्र। ०१००१ ख २८०९ नम्बरको करिब २० टन सिमेन्ट बोकेको ट्रक शुक्रबार राति करिब २ः१५ बजे दुर्घटनामा परेको हो । दुर्घटनापछि ट्रक सडकबाट करिब २०–२५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चारै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २५ वर्षीया निर्मला बिष्टको टाउकोमा चोट लागेको छ भने उहाँको अवस्था सामान्य रहेको छ । साथै उहाँका सात वर्षीय छोरा अविषेक बिष्टको टाउको र पाखुरामा चोट लागेको छ भने चार वर्षीय प्रियान्स बिष्टको अवस्था सामान्य रहेको छ । यस्तै, चालक ३६ वर्षीय कृष्ण बिष्ट सामान्य घाइते हुनुभएको छ ।
दुर्घटनाका कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी खोडपेका प्रहरी नायब निरीक्षक उदय खडायतले जानकारी दिनुभयो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर