
बाजुरा: बाजुरामा शुक्रबार विहानैदेखि वर्षा भईरहेकाे छ।विहिवार साँझबाट माैसम बदली भएसंगै शुक्रबार बिहानबाटै वर्षा भएको हाे।वर्षा संगै यहाँका उच्च हिमाली तथा लेकाली भू-भागमा पुन: हिमपात भएको छ।

बाजुरामा माघकाे दोस्रो साता र चैत्रमा गरेर यस बर्ष चार पटक हिमपात भएको छ। माघमा भने भारी हिमपात भएको थियाे।चैत्रमा बेसीँ (औंलतिर) वर्षा मात्रै भएको छ,भने उच्च हिमाली क्षेत्रमा बर्षासंगै हिमपात भएको हाे।
लगातार वर्षा भएसँगै उच्च हिमाली तथा लेकाली क्षेत्र हिमपातले सेताम्य बनेका छन्।बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भइरहेको छ।भने अग्ला डाँडापाखामा हिउँ समेत परिरहेकाे छ।विशेषगरी बडीमालिका,
गौमुल,हिमाली,त्रिवेणी,बुढिनन्दाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।
त्यस्तै अन्य पालिकामा भने पानी परिरहेकाे छ।याे बर्ष चारपटक हिमपात र वर्षा हुँदा स्थानीय कृषकहरू भने खुसी भएका छन्।हिउँदे बालीनाली सप्रिने भन्दै उनीहरु खुसी भएका हुन्।वर्षा र हिमपातले हिउँदे बाली संगै फलफूल खेतीलाई ठुलाे राहत मिलेकाे कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
वर्षा भएसँगै सडकखण्ड हिलाम्मे भएका छन्।सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रमा जाने यातायातका साधानलाई सडक चिप्लो भएपछि समस्या भएको छ।लगातार पानी परेपछि अत्यन्तै जाडो बढेकोले स्थानीय घरभित्रै आगो बालेर बस्न बाध्य भएका छन्।
जिल्लामा विद्युत सेवा समेत प्रभावित बनेकाे छ। बर्षाका कारण विद्युतिय लाईनमा फल्ट देखिए पछि विहानैदेखि विद्युत सेवा समेत अबरुद्ध बनेकाे छ।वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढेकोले स्थानीयलाई बाक्ला कपडा लगाएर घरभित्र बस्न प्रशासन बाजुराले आग्रह समेत गरेकाे छ।










खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर