
गोविन्द्र राज तिमिल्सेना बाजुराः सुदूर र कर्णाली प्रदेशका नागरिकको जीवनस्तर उकास्ने मेरुदण्डको रुपमा हेरिदैँ आएको कर्णाली करोडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका पिलिचौर देखि हिमाली गाउँपालिकाकाे कवाडीसम्मको सडकखण्ड कालोपत्रे हुने भएको छ।

सडकखण्ड कालोपत्रे हुने भए पछि यहाँका नागरिकको अनुहारमा खुसी समेत छाएको हो।समृद्धिको यात्रमा रहेको कर्णाली करिडोर दुर्गमका नागरिको लागी आय-आर्जनको स्रोत बन्ने विश्वास समेत लगिएको छ।सडक कालोपत्रे भए पछि सहज हुनुका साथै हरेक व्यावसायिक गतिविधि समेत बढ्ने छन्।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बाजुराको पिलिचौर देखि कवाडीसम्म पीएस कन्स्ट्रक्सन कम्पनीले १ सय १२ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण कार्य अघि बढाएको हो ।कालापत्रे सडकको पर्खाईमा रहेका यहाँका नागरिकको सपना साकार हुने भएको छ।
पिलिचौर देखि कवाडीसम्म सडक कालोपत्रे हुँदा वर्षौँदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा टर्ने छ।सडक कालोपत्रे भएपछि यातायातका साधनलाई सहज हुनुका साथै व्यवसायीक कार्य गरेर आर्थिक उपार्जनमा टेवा पुर्याउन सकिने बाजुराको हिमाली गाउँपालिकाका स्थानीय जयकृष्ण पाण्डेले बताए ।
कालोपत्रे सडकबाट यहाँको शिक्षा,स्वास्थ्य, व्यापार लागायत रोजगारीका अवसर समेत बढ्ने अपेक्षा लगिएको उनले जानकारी दिए ।कर्णाली करिडोर नेपाललाई चीनसँग सहज सडक सञ्जालमार्फत जोड्ने महत्त्वपूर्ण मार्ग हो । बाजुरा जस्तो दुर्गम हिमाली जिल्लाको लागि यो सडक कालोपत्रे भए पछि वरदान सावित बन्ने अपेक्षा लगिएको छ।
सडक निर्माण गरिरहेको निर्माण कम्पनी पीएस कन्स्ट्रक्सनले तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्ने जनाएको छ। सडक कालोपत्रे सम्पन्न भएपछि बाजुरा मात्र नभई समग्र कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासले नयाँ मोड दिने देखिन्छ।
समृद्धिको ढोका खोल्ने परियोजनाका रूपमा लगिएको यो सडकखण्डको काम सम्पन्न भए पछि दुर्गम क्षेत्रका नागरिकको जिवनस्तर उकास्न वरदान सावित हुने बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र
वहादुर मल्लले बताए । उनले भने,‘यो सडकले बाजुरा र कर्णालीका नागरिकको जीवनस्तर उकास्ने छ।यहाँकाबजार क्षेत्र समेत फस्टाउनुका साथै व्यवसायीक गतिविधि बढ्ने छन्। रारा जाने पर्यटकलाई यो मार्ग थप सहज बन्ने छ। ’
करिडोर अन्तर्गतको ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र एक सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ।बाजुराको पिलिचौर देखी बाजुराको कुवाडी सम्म २३ किलोमिटर ७ सय मिटर रहेको छ।यो सडकखण्डले यहाँको पर्यटकीय सम्भावना,धार्मिक तथा ऐतिहासिक क्षेत्रको पहिचान,पर्यटन,प्रबर्द्धन गर्न ठुलो सहयोग पुर्याउने छ।
व्यवसायिक तथा रोजगारीका अवसर सिर्जनाः
कर्णाली करिडोर सडकखण्ड कालोपत्रे भए पछि यहाँ व्यवसायीक तथा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा लगिएको छ। अहिले यस सडकखण्डमा धमाधम सवारीसाधन चल्न थालेपछि बाजुरा,कालिकोट जिल्लाका विभिन्न ठाउँमा मानिसहरूले व्यवसायिक गतिविधि बढाएका छन्।
यस सडकखण्डको आसपास बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक गतिविधि समेत बढेको हो। कालिकोट,बाजुराका विभिन्न ठाउँ अहिले बजारको रुपमा बदलिएका छन्। सडकखण्डमा नियमित सवारीसाधन चल्न थालेपछि बस्ती विस्तार समेत बढेको हो।
स-साना बजार अहिले ठुलो व्यापारिक बजारका रूपमा विकसित भएका छन् ।सडक सुविधा नहुँदा पिठ्यूँमा भारी बोकेर हिड्नुपर्ने बाध्यता अहिले अन्त्य छ। साथै सडकखण्ड कालोपत्रे भए पछि हरेक सेवा-सुविधा सहज बन्ने छन्। सडक विस्तार संगै यहाँका नागरिक आत्मनिर्भर बन्न व्यवसायिक पशुपालन,तरकारी खेती लगायत काममा व्यस्त देखिनेछन्।








खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर