
बाजुरा: आगामी फागुन २१ गते हुन लागेकाे निर्वाचनकाे माहाेल देशैभरी छाएकाे छ। यतिवेला सम्पूर्ण उम्मेदवार जनताकाे घरदैलाेमा पुगिरहेका छन्। बाजुरामा पनि चुनावी माहाेल निकै तातेकाे छ।

बाजुराबाट आसन्न प्रतिनिधि सभा निर्वाचनकाे लागी उम्मेदवारी दिएका उम्मेदवार यतिवेला जनताकाे घरदैलाेमा पुगिरहेका छन्। यसै बिच बाजुराका स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही जनताका जनआकांक्षा बुझ्न र भाेट माग्न घरदैलाे अभियानमा व्यस्त छन्।
अन्य पार्टीका राजनितीक दलका व्यक्ति ठुलाे तामझामका साथ नाराबाजी तथा मिडियाबाजी गरेर घरदैलो अभियान गरिरहेका छन् भने शाही एक्लाएक्लै जनताकाे घरदैलाेमा पुगेर भाेटकाे अपिल गर्दै आएका छन्।उनकाे भाेट माग्ने कुशलता निकै प्रसंशा गर्न याेग्य देखिन्छ।
शाहीले ठट्यौली तरिकाले जनतासंग भाेटकाे अपिल गर्दै आएका छन्। उनले भाेट माग्ने बेला भन्ने गर्छन्, ‘तल्लाे हाेकी मल्लाे,चुनाव चिन्ह चल्लाे,परिवर्तन खाेजाै,उपेन्द्र शाही राेजाैँ।’,बाजुरामा शाही संगै अन्य ७ राजनितीक दलका व्यक्ति अहिले चुनावी मैदानमा उत्रिएका छन्।
आसन्न फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभाकाे निर्वाचनमा आफ्नो बिजयी हासिल गर्नकाे लागि बाजुराका दुर्गम गाउँ- बस्तिमा रहेका मतदाताहरु संग भाेट माग्दै स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही ।तस्बिरहरु यहाँ प्रस्तुत छन्:
















खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर