• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 09, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराकाे कोल्टी अस्पताल: नियमित सिजेरियन शल्यक्रिया प्रभावकारी बन्दै

खप्तड मालिका न्युज February 4, 2026 मा प्रकाशित (४ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे बुढीनन्दा नगरपालिका वडा.नम्बर १ मा रहेकाे काेल्टी आधारभूत अस्पतालमा अहिले नियमित सिजेरियन शल्यक्रिया हुदैँ आएकाे छ।उक्त शल्यक्रिया प्रभावकारी समेत बन्दै गएकाे हाे।

दुर्गमका नागरिकलाई सहज रुपमा सेवा दिदैँ आएकाे काेल्टी अस्पतालमा अहिले नियमित सिजेरियन सेक्शन (CS) शल्यक्रिया सफलतापूर्वक हुने हुँदा यहाँका आमाहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता दुर भएको हाे।

पहिले सामान्य उपचार समेत नहुने काेल्टी अस्पतालमा अहिले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह हुँदै आएका छन्।काेल्टी अस्पताल दुर्गम क्षेत्रका नागरिककाे सेवामा निरन्तर कटिबद्ध रहेकाे अस्पतालका सूचना अधिकारी प्रेम नेपालीले बताए ।

उनका अनुसार,अस्पताललमा अहिले नियमित सिजेरियन शल्यक्रिया लगायत विभिन्न सेवा-सुविधा सहज र प्रभावकारी ढंगले प्रवाह भईरहेकाे जानकारी दिए।‘काेल्टी अस्पताल दुर्गमका नागरिककाे भगवान बनेकाे छ।जटिल समस्याहरु समाधान हुँदै आएका छन्,’उनले भने,‘ नियमित हुने सिजेरियन शल्यक्रियाकाले दुर्गमका आमाहरुकाे ज्यान सुरक्षति हुने गरेकाे छ।’

अहिले अस्पतालमा जटिल अवस्थाका गर्भवती महिलाको समयमै सुरक्षित शल्यक्रिया हुने गरेपछि कयौं आमाहरुकाे ज्यान सुरक्षित हुँदै आएकाे हाे।मंगलबार मात्रै पुन: एक जटील अवस्थाकी गर्भवती महिलाकाे सहज रुपमा सिजेरियन शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हाे।

समयमै गरिएको अप्रेसनका कारण सम्भावित जटिलता टरेको र आमा–शिशुको ज्यान सुरक्षित भएको अस्पतालका प्रमुख डाक्टर रञ्जित कुमार शाहले बताए । उनका अनुसार,दुर्गम भौगोलिक अवस्था,सीमित स्रोत–साधन तथा चुनौतीपूर्ण कार्यका बाफजुत पनि नियमित सफल शल्यक्रिया हुनु गाैरवकाे कुरा रहेकाे बताए ।

बाजुराका चार स्थानीय तह संगै छिमेकी जिल्ला हुम्ला,मुगु कालिकोट गरि १७ बढी पालिकाका नागरिकलाई जटिल देखि सामान्य सेवा-सुविधा सहज र गुणस्तरीय रुपमा प्रदान गर्नु उपलब्धीमुलक कार्य रहेकाे अस्पतालले जनाएको छ।मंगलबार MDGP डा. रञ्जित शाहको नेतृत्वमा सफल रुपमा शल्यक्रिया भएकी महिला र शिशुकाे अवस्था सामान्य रहेकाे अस्पताल स्रोतले जनाएको छ।

एक पछि अर्काे नियमित सफल शल्यक्रिया हुनु खुसीकाे कुरा मानिएकाे छ। यसले अनावश्यक रेफरल घटाउनुका साथै बिरामी परिवारको आर्थिक बोझ र समयको जोखिम कम गर्न सहयोग पुर्याउँदै आएकाे छ। जिम्मेवारी र इमान्दारीपूर्वक स्वास्थ्य सेवा भुमिका निर्वाह गर्ने यहाँका स्वास्थ्यकर्मीहरूको योगदान प्रशंसनीय मानिएकाे छ।

यस्ता खाले विभिन्न सफल शल्यक्रियाले सेवाग्राहीमा विश्वास बढाउनुका साथै स्थानीय अस्पताल प्रतिको भरोसा समेत थप मजबुत बनाएको बन्ने गरेकाे छ।कोल्टी अस्पतालमा अहिले सिजेरियन शल्यक्रिया नियमित  हुने गरेकाे छ।दन्तसेवा ,आँखाजस्ता विशेषज्ञ सेवा, ब्लड क्रस म्याच, एक्स–रे, भिडियो एक्स–रे, ल्याब सेवा, स्मार्ट हेल्थमार्फत टेलिहेल्थ सेवा र एआरटी सेवाले यहाँका नागरिकलाई सहज भएको छ।

काेल्टी अस्पताल रंगले मात्रै नभई प्रभावकारी कामले समेत परिवर्तन भएको छ।सफल शल्यक्रिया समेत अस्पतालमै हुने गरेकाे छ।गुणस्तरीय सेवा-सुविधाले काेल्टी अस्पताल दुर्गमका नागरिककाे राेजाईमा पर्ने गरेकाे छ।पहिले सामान्य उपचारका लागी धनगढी,नेपालगञ्ज जानुपर्ने बाध्यता रहेकाेमा अहिले अस्पतालमै गुणस्तरीय उपचार सेवा दिईरहेकाे छ।

‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत भएको काेल्टी अस्पताल पहिलेकाे तुलनामा अहिले आकाश पातालकाे फरक छ।अस्पताल अझै भाैतिक संरचना र दरवन्दी अभावमा रुमलिएकाे छ ।उचित भाैतिक गुणस्तरीय संरचना र दक्ष जनशक्ति थप गरेकाे खण्डमा काेल्टी अस्पतालले अझै काेल्टाे फेर्ने विश्वास लगिएकाे छ ।

सम्बन्धित पोस्ट
  • आज तराईमा हुस्सुरकुहिरो, पहाडी भागमा आंशिक बादल
  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
  • प्रतिनिधि सभा निर्वाचनः मुख्यगरी यी चार अनुहार मध्ये कसले मार्ला बाजी?
  • विरासत जाेगाउने दाउमा कांग्रेस: लाेभलाग्दाे घरदैलो अभियान
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    आज तराईमा हुस्सुरकुहिरो, पहाडी भागमा आंशिक बादल

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

    प्रतिनिधि सभा निर्वाचनः मुख्यगरी यी चार अनुहार मध्ये कसले मार्ला बाजी?

    समाचार

    आज तराईमा हुस्सुरकुहिरो, पहाडी भागमा आंशिक बादल

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

    प्रतिनिधि सभा निर्वाचनः मुख्यगरी यी चार अनुहार मध्ये कसले मार्ला बाजी?

    विरासत जाेगाउने दाउमा कांग्रेस: लाेभलाग्दाे घरदैलो अभियान

    घरदैलो अभियानमा व्यस्त एमाले उम्मेदवार थापा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑