
बाजुरा: बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकाकाे निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा दयाराम जाेशी नियुक्त भएका छन्।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देव बहादुर चाैधरीकाे सुरुवा भए पश्चात् जाेशीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा जिम्मेवारी सुम्पेर नियुक्त गरिएको हाे।
पालिकामा शिक्षा शाखा प्रमुखकाे रुपमा कार्यरत रहेका जाेशीलाई पालिकाकाे प्रशाशकीय अधिकृतकाे रुपमा नियुक्ति गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकायाले बताए ।
बाजुराकाे बुढिगंगा नगरपालिका वडा.नम्बर २ बजेडी घर भएका जाेशी पालिकाकाे शिक्षा अधिकृतकाे रुपमा रहँदा पालिकाकाे शिक्षा क्षेत्रकाे सुधारमा उल्लेख भुमिका निर्वाह गर्दै आएका थिए।
जाेशीलाई आज एक कार्यक्रमका बिच निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा भव्य स्वागत संगै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हाे।पदभार ग्रहण गर्दै जाेशीले सिंगाे पालिकाकाे प्रशासनिक सुधारमा कटिबद्ध भएर लाग्ने बताएका हुन्।
साथै उनले आफू सक्षम तरिकाले पालिकाकाे जिम्मेवारी वहन गर्ने बताउँदै पालिकाकाे विकास समृद्धिमा कुनै कदम पछि नहट्ने र पालिकाकाे प्रशासनिक कामलाई थप चुस्तदुरुस्त बनाउने बताए।
जाेशीकाे अनुभव, इमानदारी र जनमुखी कार्यशैलीले गाउँपालिकाको सुशासन,सेवा प्रवाह र समग्र विकासमा सकारात्मक परिवर्तन ल्याउने विश्वास समेत लगिएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर