• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

फेरीकै भरमा सवारीसाधन: हिउँदमा सहज बर्षातमा सास्ती

स्वामिकार्तिक र जगन्नाथकाे विचमा कर्णाली नदीमा रहेकाे फेरी:तस्वीर: गाेविन्द्र राज तिमिल्सेना
खप्तड मालिका न्युज January 18, 2026 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुराका हरेक गाउँ-ठाउँ पुग्न निकै कठिन छ। प्राकृतिक भू-वनाेटका कारण बाजुराका गाउँबस्ती निकै विकट छन्।हरेक सेवा सुविधाबाट यहाँका गाउँबस्ती दुर छन्।अभावै अभावमा यहाँका नागरिकले जीवन गुजारी रहेका छन्।

संघीयता पछि देशले काँचुली फेरे पनि विकट जिल्लाले अझै काँचुली फेर्न सकेकाे छैन्। अझै विकासकाे लहर शहरमै सिमित छ।विकट क्षेत्रका नागरिक विभिन्न सेवा सुविधाबाट बञ्चित छन्।सवारी-साधनलाई अझै फेरीकै भरमा चल्नु पर्ने बाध्यता छ।

बाजुरा पनि याे समस्याबाट अछुत छैन्। बाजुराकाे एक मात्र कर्णाली पारीकाे स्थानीय तह स्वामिकार्तिक खापर गाउँपालिका ।जहाँ बर्षेनी सवारी-साधन फेरीकै भरमा चल्ने गरेका छन्।सिंगाे पालिकाभर चल्ने सवारी-साधनलाई फेरीकै भरले वारपार गर्नु पर्ने अवस्था छ।

स्वामीकार्तिक खापर र जगनाथ गाउँपालिकाको बिचमा पर्ने कर्णाली नदीमा पक्की पुल निर्माण नहुँदा स्वामिकार्तिकमा चल्ने सवारी-साधन बर्षेनी फेरीकै भरमा पर्ने गरेका छन्।
पालिकामा सवारी-साधनलाई वारपार गर्न सहज हाेस् भनेर पालिकाले कर्णाली नदीमा फेरी सञ्चालनमा ल्याएको थियो ।

सञ्चालनमा रहेकाे फेरी हिउँदकाे समयमा राम्रोसँग चल्ने गरेकाे भए पनि बर्षातकाे समयमा पुर्ण रुपमा बन्द हुने गरेकाे छ। जसले गर्दा यहाँका नागरिकलाई बर्षेनी बर्षातकाे समयमा समस्या हुँदै आएकाे छ। बर्षातमा फेरी बन्द हुँदा पालिकाभर सवारी-साधन ठप्प हुनुका साथै सडक समेत सुनसान बन्ने गरेका छन्।

कर्णाली नदीमा पक्की पुल नहुँदा पालिकामा चल्ने सवारी-साधन फेरीकै भरमा चल्नु पर्ने बाध्यता रहेकाे स्वामिकार्तिक खापर गाउँपालिका वडा.नम्बर ३ जुकुका स्थानीय धृष्टप्रशाद न्याैपानेले बताए।हिउँदमा सहज भए पनि बर्षातकाे समयमा सवारीसाधनलाई निकै सास्ती हुने गरेकाे उनकाे भनाई छ।

बर्षातकाे समयमा गाडी नचल्दा गाउँमा उपभाेग्य सामाग्री पुर्याउन समेत सकस हुने गरेकाे उनले बताए। पिठ्युँमा भारी बोकेर झाेलुङ्गे पुलको सहायताले दैनिक उपभाेग्य सामाग्री ढुवानी गर्नु पर्ने अवस्था रहेकाे उनकाे भनाई छ। पक्की पुल निर्माणकाे लागी स्थानीयले पटक-पटक माग गरे पनि मागकाे सुनुवाइ भने हुन नसकेकाे न्याैपानेले जानकारी दिएका छन्।

२०७७ मा सञ्चालनमा आएकाे फेरीले यहाँका नागरिककाे
जीवनशैली वदलिएकाे छ।फेरि सञ्चालन नहुनु पुर्व यहाँका स्थानीय पैदल यात्रा गरेर सामान ढुवानी गर्दै आएका थिए।अहिले फेरि सञ्चालन पछि हिउँदकाे समयमा दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ ।फेरिले यहाँका अधिकांश
गाउँबस्ती सडक सञ्जालको पहुँचमा रहेका छन् ।

नदीमा पक्की पुल नहुँदा यहाँका नागरिकलाई थाेरै भए पनि राहत मिलाेस् भन्ने उदेश्यका साथ फेरी सञ्चालन गरिएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकायाले बताए ।फेरीकै सहायताले सिंगाे पालिकाका विभित्र वडामा सडक-सञ्चालकाे पहुँच पुगेकाे उनकाे भनाई छ।बर्षातमा समस्या भए पनि हिउँदकाे समयमा फेरिले निकै सहजता प्रदान गर्ने गरेकाे अध्यक्षले राेकायाले बताए ।

फेरीकाे सहायताले पालिकामा जिप,ट्याक्टर चलेपछि स्थानीयकाे जीवनशैली समेत बदलिएको अध्यक्ष राेकायाकाे भनाई छ। फेरी नै पालिकाका नागरिककाे लागी वरदान सावित भएको राेकायाले जानकारी दिए। पक्की पुल निर्माणका लागी प्रदेश तथा संघीय सरकार संग समन्वय तथा पहल भईरहेकाे उनले बताएका छन्।

स्वामिकार्तिक खापर गाउँपालिका कर्णाली नदि पारीकाे पालिकाे हाे।फेरीकै सहायताले अहिले यहाँका अधिकाशंं गाउँ-बस्तीमा सडक पुगेकाे छ। ती सडकमा हिउँदको समयमा सहज रुपमा गाडी गुड्ने गरेका छन्। बर्षातकाे समयमा फेरी बन्द हुँदा सवारी-साधन समेत बन्द हुने गरेका छन्।बर्षातकाे बेला सबै सवारी-साधन जगन्नाथ गाउँपालिकाकाे पीलिचौर बजारमा राेकिने गरेका छन्।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑