• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराकाे पारी-बाेल्ढिक उच्च जाेखिममा: बस्ती स्थानान्तरणकाे पर्खाइमा बाेल्ढिकबासी

खप्तड मालिका न्युज January 13, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका वडा.नम्बर ६ मा रहेकाे पारी-बाेल्ढिक पहिराेकाे उच्च जाेखिममा रहेकाे छ। बस्तिकाे वरिपरी कर्णाली कोरीडाेर राेड नजिकैकाे तोसारे खोला र माथिपट्टीकाे ठुलाे भिरका कारण बाेल्ढिक बस्ती उच्च जाेखिममा परेकाे हाे।

बाजुराकाे विकट पालिकाकाे रुपमा परिचित हिमाली गाउँपालिकाका प्राय: सबै गाउँबस्ती भिरालाे चट्टाने जमिनमा अवस्थित छन्। त्यसैमा बाेल्ढिक गाउँ उच्च जाेखिममा रहेकाे बस्ती मध्ये एक हाे। २०७२ मा गाउँको मुनी कर्णाली करिडोर सडक निर्माण गर्दा बस्ती उच्च जाेखिममा परेकाे थियाे।

सडक निर्माण पछि बर्षेनी बर्षातकाे समयमा बस्ती वरिपरीबाट पहिराे जाने गरेकाे छ। पुन: अहिले बस्तिकाे तलबाट सडक चाैडा गरेर निर्माण कार्य जारी छ। जसले गर्दा बस्ती झनै जाेखिममा परेकाे छ। २०७९ मा अविरल वर्षाका कारण गाउँमा पहिरो जान सुुरु भएपछि अहिले निरन्तर पहिराे बग्ने गरेकाे छ।

यहाँका स्थानीयबासी बस्ती स्थानान्तरणकाे पर्खाइमा रहे पनि बस्तीलाई भने स्थानान्तरण गर्न सकिएकाे छैन्। बस्ती स्थानान्तरण नहुँदा यहाँका स्थानीय बर्षेनी डरैडरले बस्ने गरेका छन्।करिब साढे दुई सय भन्दा बढी घरपरिवार रहेकाे याे बस्ती बर्षाैदेखि स्थानान्तरणकाे पर्खाइमा छ।स्थानीय बस्ती स्थानान्तरण हाेला भन्ने कुरामा आशावादी छन्।

हिउँद भन्दा पनि बर्षातकाे समयमा बस्ती निकै जाेखिममा पर्ने गरेकाे स्थानीय जयकृष्ण पाण्डेले बताए । पारी-बाेल्डीग पहिराेकाे उच्च जाेखिममा रहेकाेले बस्ती स्थानान्तरण गर्नु बाहेक अन्य कुनै विकल्प नभएको उनकाे भनाई छ। छिट्टै बस्ती अन्य ठाउँमा सारिएको खण्डमा स्थानीयलाई ठुलाे राहत मिल्ने पाण्डेले जानकारी दिए।

बस्ती स्थानान्तरणको लागी तिन-तीन पटक गाउँ सभामा स्थानान्तरणकाे निर्णय गरिएकाे भए पनि बस्ती सार्न नसकिएको गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताएकी छन्। उनका अनुसार,बस्तीका लागी पालिका अन्तर्गतको अव्यवस्थित बसोबासलाई बस्ती बिस्तार गर्नु पर्छ भनेर प्रकिया सुरु गरे पनि समस्या समाधान नभएको बताईन्।

भुमि समस्या समाधाबाट निस्सा वितरण गर्ने प्रक्रिया समेत पुगेको थियो । त्यसलाई रद्द गर्नका लागि पालिका भित्रका अर्को पक्षले अख्तियारमा उजुरी गरेर त्यो प्रकिया रद्द गराउन सफल भए पछि जग्गा सरकारी भएको कारणले बस्ती लाई सहजै सार्न नमिलेकाे उपाध्यक्ष सार्कीकाे भनाई छ।

बस्ती स्थानान्तरणकाे लागी कानुनी प्रकिया अगाडी बढाउनु पर्ने भएकोले बस्तीलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भनेर प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरे पश्चात् प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैला सहित प्रहरी प्रमुखकाे टाेलीले बस्तीकाे स्थलगत अनुगमन गरेकाे जानकारी दिएकी छन्।

अनुगमन पछि आवश्यक प्रकिया अगाडी बढ्ने अपेक्षा लगिएकाे उनकाे भनाई छ। अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीले बस्ती स्थानान्तरणकाे लागी आवश्यक प्रक्रिया अघि बढाईने प्रतिकद्दता समेत व्यक्त गरेका हुन्।बस्तीलाई गाउँपालिकाकाे केन्द्र धुलाचौरमा सार्न स्थानीय सरकारले धेरै पटक पहलकदमी गर्दै आएकाे छ।

प्रत्येक बर्ष बस्ती स्थानान्तरणकाे लागी पालिकाले पहल कदमी गरे पनि बस्ती स्थानान्तरण हुन सकेकाे छैन्। पालिकाले सिंगाे गाउँपालिका भित्रका जाेखिम बस्तीकाे तथ्याङ्क सङ्कलन गरी जिल्ला प्रशासन बाजुरामा समेत पठाएको थियाे।बाेल्डिग बस्ती गाउँपालिकाकाे लागी एक उदाहरण मात्र हाे।

गाउँपालिका भित्र कयौं बस्तीहरु उच्च जाेखिममा छन्। केही बस्तीलाई सुरक्षित ठाउँमा सार्ने काम भए पनि उच्च जाेखिममा रहेका बस्तीलाई अझै सुरक्षित ठाउँ सार्न सकिएकाे छैन्।गाउँपालिकाकाे सिमित बजेटले यहाँका जाेखिम बस्ती सार्न निकै कठिन भईरहेकाे गाउँपालिकाले जनाएको छ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑