• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

दार्चुलाका करिब ४ हजार भूमिहीन अझै जग्गाधनी प्रमाणपुर्जाको प्रतीक्षामा

खप्तड मालिका न्युज January 10, 2026 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खलङ्गाः दार्चुला जिल्लाका नौवटै स्थानीय तहमा रहेका तीन हजार ७९२ जना भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासी तथा विगतमा काम अधुरा र अपुरा रहेका व्यक्तिहरूले अझै जग्गाधनी प्रमाणपुर्जा पाउन बाँकी रहेको भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिएका छन्।

उनका अनुसार यसअघि दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकाका ७२ जना अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकिएको छ। बाँकी रहेका लाभग्राहीलाई प्रमाणपुर्जा वितरण गर्न आवश्यक प्रक्रिया अघि बढिरहेको उनले बताए।हाल स्थानीय तहहरूलाई आयोगमा प्रविष्ट भएका तथा अझै दर्ता हुन बाँकी निवेदनहरूको तथ्याङ्क माग गरिएको र तथ्याङ्क प्राप्त भएपछि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने तयारी भइरहेको अध्यक्ष धामीले जानकारी दिए।

आयोगले विगतमा काम अधुरा र अपुरा रहेका सेतो प्रमाणपुर्जा भएका नौगाड गाउँपालिकाका चार जना, महाकाली नगरपालिकाका तीन जना अव्यवस्थित बसोवासी तथा चार जना सुकुम्वासीलाई प्रमाणपुर्जा वितरण गर्ने अन्तिम तयारीसमेत गरेको जनाएको छ।अव्यवस्थित बसोवासीलाई आवश्यक राजस्व चुक्ता गरेपछि र सुकुम्वासीलाई निःशुल्क रूपमा जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने व्यवस्था रहेको अध्यक्ष धामीले स्पष्ट पारे।

भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अनुसार जिल्लामा महाकाली नगरपालिकामा ४३१, शैल्यशिखर नगरपालिकामा ६२८, लेकम गाउँपालिकामा १७३, नौगाड गाउँपालिकामा ३२७, मार्मा गाउँपालिकामा १६८, अपि हिमाल गाउँपालिकामा ६९१, मालिकार्जुन गाउँपालिकामा ९४७, दुहुँ गाउँपालिकामा १६१ र व्यास गाउँपालिकामा २६६ जना भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासी रहेका छन्।

स्थानीय तहहरूले तथ्याङ्क सङ्कलन कार्यलाई तीव्र रूपमा अघि बढाए जिल्लाका भूमि सम्बन्धी सबै समस्या समाधान गर्न सकिने अध्यक्ष धामीको विश्वास छ। उनले भने, “जिल्लाका सबै अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने हाम्रो लक्ष्य हो, यसका लागि सबै जनप्रतिनिधि र स्थानीय तहको सहकार्य आवश्यक छ।”

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑